• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

धर्मिहल्फा महिला विकास क्लब लालापट्टीका अध्यक्ष ईञ्जिनियर सूर्यनारायण यादवले बुधबार छिन्नमस्ता गाउँपालिकाको गोविन्दपुरमा रहेका अतिविपन्न तथा दृष्टिविहीन जिवछ मरिक(डोम) का परिवारलाई चिसोबाट जोगिने न्यानो कपडा बितरण गरेका छन् । यादवले आफ्ने लगानीमा यसरी जाडोबाट जोगिने लुगा बितरण गरेर उदाहरणीय कार्य प्रस्तुत गरेका छन् ।
यद्यपि बाढी, आगलागी लगायतका प्रकोपमा समेत पीडितको घरै पुगेर राहत बाँड्ने उनको विगतदेखिकै उदाहरणीय कार्य रहँदै आएको हो । यादवले व्यक्तिगत खर्चबाट यसरी पूण्य कार्य गर्दै आएको विषय समाजकालागि केही गरौं भन्ने सोच राख्ने अरुकालागि पनि अनुकरणीय हुन सक्दछ । यति बेला जाडो याम चलिरहेको छ । यसमा सबैभन्दा बढी पीडित मरिक परिवार जस्तै अन्य अति विपन्न पनि छन् । सप्तरी मुलुकका अन्य जिल्लाको तुलनामा दलित तथा विपन्नहरुको बढी बसोबास रहेको जिल्लाका रुपमा चिनिदै आएको छ । पुसको ठण्डी कसरी कटाउने भनि चिन्तामा डुबेका र समस्या झेल्दै आएका अन्य विपन्न परिवार पनि छन् । यस्तो कष्टदायक समयमा सकेसम्म सबै विपन्नलाई न्यानो कपडा तथा ओढ्ने ओच्छ्याउनेको आवश्यकता पर्नु स्वाभाविकै हो । यस्तो समयमा स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहका जनप्रतिनिधि,सामाजिक संघसंस्था देखि स्थानीय प्रशासनले समेत ठण्डीबाट पीडितहरुकालागि जेजस्तो व्यवस्था मिलाउन सकिन्छ त्यस तर्फ सोच्ने समय आएको छ ।
विगतमा पनि सप्तरीमा कतिले चिसोकै कारणले ज्यान गुमाईसकेका छन् । त्यस्तो दुःखद् अवस्था आउन नपाओस् भन्नाकालागि पनि यति बेला सक्रियता देखाउन जरुरी छ । अति विपन्नताका कारणले निराश बनेका जनताको पीडालाई महशुस गरी स्वस्फूर्त रुपमा जनप्रतिनिधिले सक्रियता देखाउने समय भएका कारण यस्तो प्रतिकूलतामा सहयोगमा जुट्न सकियो भने सच्चा जनप्रतिनिधि बन्ने अवसर पनि प्राप्त भएको मानिने छ ।