• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तिलाठी कोइलाडीमा जसपाको संगठन विस्तार अभियान तीब्र 

तिलाठी कोइलाडीमा जसपाको संगठन विस्तार अभियान तीब्र 
न्यूज टुडे
राजविराज, ११ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालको संगठन विस्तार अभियानलाई तीब्रता दिइएको छ । मनमनमा जसपा घरघरमा जसपा अभियान अन्तर्गत तिलाठी कोईलाडी गाउॅंपालिकामा विभिन्न समितिहरु गठन गरिएको हो ।
अभियान अन्तर्गत वडा नम्बर ५ बरसाईनमा बुधबार हरी नारायण साहको अध्यक्षतामा १५ सदस्यीय वडा कार्य समिति ,  प्रकाश मण्डलको अध्यक्षतामा २१ सदस्यीय समाजवादी युवा संघ र सरिता देवी सरदारको अध्यक्षतामा २१ सदस्यीय समाजवादी महिला संघ गठन गरिएको जसपा प्रदेश सदस्य किशोर कुमार यादव केसिले जानकारी दिए ।
 वडा अध्यक्ष सुर्य नारायण साहको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य मुरली प्रसाद सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जसपा नेपाल मघेस प्रदेश समिति सदस्य केसी , मधेश प्रदेश परिषदद्वय  नवनीत कुमार झा ,  सुरजीत कुमार सिंह ( गुडडु सिंह) सप्तरी जिल्ला कार्यकारिणी सदस्य लक्ष्मण यादव  , समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार प्रसाद यादव  , वडा नम्बर -३ का अध्यक्ष राज नारायण साह ,वडा नम्बर -४ का दिनेश प्रसाद सिंह ,वडा नम्बर -६ का  सकलदेव साह , केशरी सिंह,, विजय साह , नागो मण्डल लगायतकाले संगठन विस्तार अभियानको बारे  मन्तव्य व्यक्त गरे ।