• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आमबुवालाई तिरस्कार गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्छ : कर्ण

आमबुवालाई तिरस्कार गर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्छ : कर्ण
न्यूज टुडे
राजविराज, ११ पुस ।
प्रदेशसभा सदस्य माला कुमारी कर्णले आफ्ना बृद्धबृद्धा आमाबुबालाई तिरस्कार गर्ने सन्तानलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताएकी छिन् । ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीद्वारा तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा राजविराजमा बुधबार आयोजित सम्मान तथा दोश्रो जिल्ला सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
जिल्लासभा उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य कर्णले ज्येष्ठ नागरिकहरुलाई घरबाटै सम्मान दिनुपर्नेमा जोड दिइन ।
कार्यक्रममा मन्चासिन प्रमुख अतिथि प्रदेशसभा सदस्य कर्णसहित अतिथिगणहरु । फोटो : न्यूज टुडे
“ज्येष्ठ नागरिकलाई सरकारले भत्ताको व्यवस्था गरेर धेरै राहत पुगेको छ तर त्यतिले मात्र प्रयाप्त हुँदैन, उनले भनिन्, आफ्ना सन्तानसंग बस्ने बाताबरण अहिले पनि अभाव नै छ, आफ्ना बृद्धबृद्धा आमाबुवाको सेवामा समर्पित हुनेचाहना हुँदाहुँदै रोजगारीको अभावमा धेरै युवाहरु विदेश पलायन हुन बाध्य हुन्छन्, त्यसका लागि स्वदेशमै रोजगारीको व्यवस्था मिलाउनु आबश्यक छ । “
कतिपय ठाउँमा आफ्नै छोराछोरीबाट बृद्धबृद्धा आमाबुबा पीडित भएको घटना हुने गरेको चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी कर्णले त्यस्ता सन्तानलाई सामाजिक तिरस्कार गर्नुपर्नेमा जोड दिइन् ।
उनले आमाबुबाको सेवा गर्न नचाहने सन्तान समाज तथा देशकै लागि नालायक हुने टिप्पणी  समेत गरिन ।
ज्येष्ठ नागरिकको कार्यक्रममा प्रमुख अतिथिको सम्मान पाएकोमा खुशी व्यक्त गर्दै उनले ज्येष्ठ नागरिकहरुलाई आफुले सकेसम्मको आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
आफु पदमा नहुँदा समेत ज्येष्ठ नागरिकको हक, अधिकार र  उत्थानका लागि सहयोग पुर्‍याएको स्मरण गर्दै प्रदेशसभा सदस्य कर्णले यस्ता क्रियाकलापले ज्येष्ठ नागरिकमा हौसला प्रदान हुने भएकोले स्थानीय तहसम्म संगठन विस्तार गरि कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन ।
पुर्व कर्मचारी सेवा परिषद नेपाल शाखा सप्तरीको समन्वयमा आयोजित सम्मान तथा दोश्रो जिल्ला सभा उद्घाटन समारोहमा डाक्नेश्वरी नगरपालिकाका पुर्व मेयर शिव नारायण साह, संघका सल्लाहकार रामनरेश प्रसाद सिंह, राष्ट्रिय मारवाडी महिला मञ्चकी केन्द्रिय उपाध्यक्ष मन्जु सारदा, सामुदायिक सेवा केन्द्रका पुर्व अध्यक्ष एवम् सल्लाहकार हितनारायणलाल दास, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व सभापति धिरेन्द्र प्रसाद साह, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका सचिब एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व सभापति बैधनाथ झाद्वारा संचालित कार्यक्रममा स्वागत पुर्व कर्मचारी सेवा परिषद शाखा सप्तरीका अध्यक्ष सुगम्वर यादवले गरे ।
ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका नवनिर्वाचित अध्यक्ष रामनरेश प्रसाद सिंह । फोटो : न्यूज टुडे
उक्त दोश्रो जिल्ला सभाले रामनरेश सिंहको अध्यक्षतामा ११ सदस्यीय ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीको नयाँ कार्यसमिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा शंकर सारदा, सचिवमा बैधनाथ झा, कोषाध्यक्षमा नन्दलाल साह चयन भएका छन् ।
समितिको सदस्यहरुमा शिव नारायण साह, थानसिंह भन्साली, सुगम्वर यादव, सत्यनारायण देव, बच्ची मिश्रा,पवन प्रसाद सिंह, हितनारायणलाल दास चयन भएको नवनिर्वाचित समितिका सचिब झाले जानकारी दिए ।