सबल नेपाल, सेफ द चिल्ड्रेन र सुरुङ्गा नगरपालिकाको त्रिपक्षीय साझेदारीमा सप्तरीको सुरुङ्गा नगरपालिकामा संचालित समुन्नति कार्यक्रम समुदायमा लोकप्रिय बनेको छ । कार्यक्रमले शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रमा सहयाेग पुर्याएपछि समुदायमा मुहार फेरिदै गएकाे हो ।
सुरुङ्गा नगरपालिका ८ महुलियाकाे राष्ट्रिय आधारभुत बिधालयकाे कक्षाकाे मर्मत सम्भार, बालबिकासकाे शैक्षिक सामग्री, टिफिन बकस, र खाजा खाने केन्टिन, शुद्व खानेपानी ब्यबस्थापन लगायतमा सहयाेग पुर्याएपछि बिधालयकाे मुहार फेरिएकाे छ ।
गुणस्तरीय शिक्षामा टेवा पुर्याउन बिधालयमा बालवालिकाहरूलाई टिकाउन र बिकाउनका लागी सबल नेपालले शैक्षिक सामग्री,सरसफाई, चर्पी सुधार, कक्षा काेठामा होचो अग्लो टेवलकाे ब्यबस्था,
कक्षामा लेख्न वाेर्ड मार्कर, दैनिक रूपमा हाजरीकाे हवाईट बाेर्ड ब्यबस्थापनमा सहयाेग गरेपछि बिधालयकाे शैक्षिक अबस्था सुधार हुँदै गएकाे बिधालयका प्राधानाध्यापक नरिसँह चाैधरी बताए ।
सबल नेपाल र सेभद चिल्ड्रेनकाे सहयोग तथा नगरपालिकाकाे सम्झदारीमा संचालित समुन्ती कार्यक्रम अन्तर्गत नगर कार्यक्रम सल्लाहाकार समितिद्वारा संयुक्त अनुगमन कार्यक्रममा प्रधानाध्यापक चौधरी कार्यक्रमले शैक्षिक गतिविधिमा ठूलो टेवा पुगेको जानकारी दिएको दिए ।
यसैगरी सुरुङ्गा नगरपालिका ८ कै आधारभुत बिधालय मलहनमाकाे बिधालयकाे रंगराेगन, शुद्व पानीकाे ब्यबस्थापन, बालबिकासमा पठनपाठनकाे लागी शैक्षिक सामग्री, वालमैत्री तथा अपाङ्गमैत्री चर्पी लगायतमा सहयाेग गरेकाे विद्यालय जनाएको छ ।
बिधालयकाे भाैतिक पुर्वाधार, गुणस्तरिय शिक्षामा सुधार ल्याउन शैक्षिक सामग्री सहयाेग तथा कक्षा ब्यबस्थापनमा पुर्याएकाे याेगदानले वालवालिकाकाे शिक्षण सिकाईमा टेवा पुग्ने अनुगमनमा सहभागी प्रमुख प्रशासकिय अधिकृत भिमराज काेईरालाले बताए।
उक्त टाेलीले सुरुङ्गा नगरपालिका १ स्थित स्वास्थ्य चाैकी पिप्रा पश्चिममा सबल नेपालले स्वास्थ्य सेवामा सहज बनाउन बरथिंग सेन्टर संचालनका लागि चाहिने स्वास्थ्य सामग्री सहयाेग गरेपछि नियमित संचालन आएकाे सबल नेपालका कार्यक्रम संयाेजक राेशन मण्डलले बताए ।
स्वास्थ्य सामग्री प्रदान गरेपछि अहिले स्वास्थ्य चाैकीमा २४ घण्टा सुत्केरी सेवा संचालन आएकाे स्वास्थ्य चाैकी ईन्चार्ज सचिन चाैधरीले जानकारी दिए।
उनले आर्थिक बर्षमा प्रत्येक महिना ९ देखि १० जना सम्म डेलिभरी सेवा लिन आउने गरेकाे बताए।
सप्तरीसहित उदयपुरका उदयपुरगडी गाउँपालिका र त्रियुगा नगरपालिकावाट समेत सेवाग्राहीहरु आउने गरेकाे ईन्चार्ज चाैधरीले जानकारी दिए।
स्वास्थ्य कार्यक्रम अन्तर्गत परिवार नियाेजनकाे ५ वटै सेवा डिपाे, पिल्स, आईसिडी, ईनपलान्ट र कण्डम सेवा दिईरहेकाे उनले बताए ।
सबल नेपालले बर्थिंग संचालन गर्न बेड, ट्रली, ड्रेसिंग, प्केट, एनसि चेक अपलबेड, डेलिभरी बेड,तराजु, शुद्व पानी ब्यबस्थापन गर्न समेत डेलिभरी गराउन चाहिने सम्पुर्ण सामग्री सहयाेग गर्दै आएकाे सबल नेपालका अध्यक्ष जुना गिरीले बताईन।
सुरूङ्गा नगरपालिका २ काे कमलपुर स्थित चन्द्रमुखी कृषक समुहले सामुहिक तरकारी खेती काउली,भण्टा, धनिया, फुलकाेबी बार्षिक डेढ लाख देखि ६ लाख आम्दानी हुने गरेकाे समुहका सदस्य जितेन्द्र प्रसाद यादबले बताए ।
अनुगमन टाेलीमा सुरूङ्गा नगरपालिका ४ का वडा अध्यक्ष देवेन्द्र चाैधरी, वडा ८ का श्याम साह, वडा २ का छत्र बहादुर राउत, स्वास्थ्य संयाेजक दशन चाैधरी, सहसंयाेजक भूषण सुनरैत यादब, शिक्षा अधिकृत हिरालाल राणा, महिला तथा वालवालिका शाखा प्रमुख रिंकु यादब, सबल नेपाल अध्यक्ष जुना गिरी, फिल्ड अधिकृत अर्चना यादब, जिल्ला बाल संजाल सप्तरीकी अध्यक्ष सलमा खातुन लगायतकाे सहभागिता रहेकाे थियाे।