न्यूज टुडे
राजविराज, ८ पुस ।
पुर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खेल भईरहेको बताएका छन् ।

जसपा सप्तरीद्वारा राजविराज स्थित पार्टी कार्यालयमा आइतबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै जसपा अध्यक्ष उपेन्द्र यादव । फोटो: न्यूज टुडे
पार्टी कार्यालय उपलब्ध गराउने शिवनन्दन यादव ( बैजु मुखिया) र कार्यालय व्यवस्थापनमा सहयोग पु¥याउने राजविराज नगरपालिकाकी कार्यबाहक प्रमुख इसरत परविनलाई सम्मान गर्दै अध्यक्ष यादवले बर्तमान व्यवस्था समाप्त पार्ने षड्यन्त्र भइरहेको बताए ।
उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको संरक्षण तथा थप अधिकारका लागि एकतावध्द भएर संघर्ष गर्नुपर्नेमा जोड दिए ।
“देशमा विभिन्न कालखण्डमा ठुल्ठुला ऐतिहासीक परिबर्तन उल्टिएको उदाहरणहरु धैरै छन् , अध्यक्ष यादवले भने, बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पनि खतरा छ ।“
बर्तमान व्यवस्था उल्टाउन आन्तरिक तथा बाहिरी शक्तिहरुले षड्यन्त्र गरिरहेको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा रहेको दाबी गरे ।
इतिहासमै ठूलो राजनीतिक परिबर्तन आएसंगै मधेश प्रदेशसहितको बर्तमान संघीय प्रणालीमा देश गएको चर्चा गर्दै अध्यक्ष यादवले बर्तमान व्यवस्थालाई रक्षा गर्न एकमत भएर संगठन निर्माण कार्यलाई गतिदिनुपर्नेमा जोड दिए ।

बर्तमान व्यवस्था विरोधी बाहिरी शक्तिसंग लड्न आन्तरिक एकता थप बलियो बनाउनुपर्ने उनको जोड थियो ।
विभिन्न कठोर आन्दोलनको उपलब्धिलाई संस्थागत गर्न थप अधिकार सुनिश्चितताको लागि फेरि अर्को आन्दोलनको विकल्प नरहेको जिकिर गर्दै अध्यक्ष यादवले आन्दोलनको तयारीकोसाथ संगठन निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।

जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जिल्ला उपसचिव शम्भु प्रसाद यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रेस मञ्च नेपाल सप्तरीका पुर्व अध्यक्ष बृजमान तामाङले गरे ।