• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

काँग्रेस स्थानीय नेता साहको निधन, साँसद यादवद्वारा श्रद्धाञ्जली अर्पण 

काँग्रेस स्थानीय नेता साहको निधन, साँसद यादवद्वारा श्रद्धाञ्जली अर्पण 
न्यूज टुडे
रुपनी , ६ पुस ।
नेपाली काँग्रेस रुपनी गाउँपालिका वडा नम्बर ३ कटैयाका बुथ सभापती रामनारायण साहको निधन भएको छ । उनको ८६ बर्षको उमेरमा आफ्नै घरमा विहिबार राती निधन भएको हो ।
साहको पार्थिव शरीरमा पार्टीका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादव, मधेश प्रदेशका गृह तथा संचार मन्त्री  मो. समिम, नेपाली काँग्रेस सप्तरीका उप सभापती राम कुमार यादव,  पुर्व साँसद सकल देव सुतिहार, जिल्ला सचिब सनत मण्ड्ल, रुपनी गाउँपालिकाका पुर्व अध्यक्ष हरेराम यादव,  काँग्रेस नेता बद्री महात्मान, युवा नेता अर्जुन साह,गाउँपालिकाका प्रत्यासी राम नारायण इसर,  वडा नम्बर ३ वडा  सदस्य दिनेश्वर सन्त, काँग्रेस गाउँपालिका अध्यक्ष सुदम्बर  यादव, सचिब ज्ञानि इसर, युवा नेता प्रदिप साह लगायत स्थानीय काँग्रेस नेताकार्यकर्ताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । पार्टीले अन्तिम श्रद्धाञ्जली दिएपछि सामाजिक परम्परा अनुसार शुक्रबार नेता साहको अन्त्यष्टी गरिएको नेपाली काँग्रेस रुपनी गाउँपालिकाले जनाएको छ । स्वर्गीय नेता साहको एक मात्र छोरा महेश प्रसाद साह रहेको छ ।