• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लोसपा केन्द्रिय सदस्य यादवको निधन, वरिष्ठ नेता महतोद्वारा श्रद्धाञ्जली अर्पण

लोसपा केन्द्रिय सदस्य यादवको निधन, वरिष्ठ नेता महतोद्वारा श्रद्धाञ्जली अर्पण
नर्मदेव यादव
रुपनी, ५ पुस ।
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेन्द्र प्रसाद यादव (राजा बाबू)  को निधन भएको छ ।सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुर निवासी  ८५ बर्षिय पुर्व छेत्रपाल यादवको आफ्नै निवासमा बिहीवार विहान  साढे ५ बजे निधन भएको हो । सौचालयबाट फर्किने क्रममा एक्कसी ढल्नुभएको बुवाको हर्टट्याक भएर मृत्यु भएको छोरा बिरेन्द्र यादवले बताए ।
नेता यादवको पार्थिव शरिरमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । पार्टीद्वारा अन्तिम श्रद्धाञ्जली दिएपछि सामाजिक परम्परा अनुसार बिहिवारै उनको अन्त्यष्टी गरिएको छ ।
नेता यादवको पार्थिव शरीरमा पार्टीका केन्द्रीय उपाध्यक्ष जयप्रकाश ठाकुर,  महासचिव गजेन्द्र मण्डल, जिल्ला समन्वय समिती सप्तरीका उपसभापति शम्भु यादब, पार्टी केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला अध्यक्ष सुनिल कुमार झा,  रुपनी गाउँपालिका अध्यक्ष एवम् केन्द्रिय सदस्य दिनेश कुमार यादव, केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, हरि बाबू, प्रदेश सदस्य योगेन्द्र यादव, रुपनी गाउँपालिका अध्यक्ष पिताम्बर यादव, नर्घो गाबिसका पुर्व अध्यक्ष मुसहरु यादवलगायतका  पार्टी नेताकार्यकर्ताहरुले समेत फुलमाला चढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए ।