• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मानवअधिकार उलंघन न्यूनीकरणमा जिम्मेवार निकायहरु जवाफदेही बन्नुपर्छ : इङगनाम

मानवअधिकार उलंघन न्यूनीकरणमा जिम्मेवार निकायहरु जवाफदेही बन्नुपर्छ : इङगनाम

न्यूज टुडे

राजविराज, ४ पुस ।
सप्तरी जिल्ला अदालत राजविराजका न्यायाधीश हरिश्चन्द्र इङ्नामले मानव अधिकार उलंघनका घटना न्यूनीकरण गर्न राज्यका जिम्मेवार निकायहरू जवाफदेही बन्नुपर्नेमा जोड दिएका छन् । राजविराजमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  मानवअधिकारको घटना न्यूनीकरण गर्न सरोकारवालाहरु बढी जवाफदेही हुनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ किरण थापा । फोटो : न्यूज टुडे
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) सप्तरीद्वारा आयोजित नेपाल मानवाधिकार बर्ष पुस्तक २०२४ बार्षिक पुर्व समिक्षा बैठकलाई सम्बोधन गर्दै न्यायाधीश इङ्नामले मानवाधिकार उलंघनको घटनामा कमि ल्याउन सबै क्षेत्रको सामुहिक प्रयास आबश्यक हुनेमा जोड दिए । मेलमिलापबाट मानवाधिकार संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि न्यायाधीश इङ्गनामले जिल्लामा मेलमिलाप गरि मुद्दाको टुङ्गो लगाउने परम्परा कम भएकोले मानवाधिकार उल्लंघनको घटना वृद्धि भएको टिप्पणी गरे ।
मानवाधिकार बर्ष पुस्तक २०२४ प्रस्तुत गर्दै इन्सेक सप्तरी प्रतिनिधि मनोहर कुमार पोखरेल । फोटो : न्यूज टुडे
बोक्सीको आरोपमा कुटपिट मुद्दा बढी आउने गरेको जानकारी दिदै उनले यस्ता मुद्दाहरुलाई छिटै फैसला गरि मुद्दाको संख्या घटाउने प्रयास अदालतले गरेका कारण सरोकारवालाहरुलाई सहयोगको लागि आग्रह गरे । उनले २ बर्षभन्दामाथिका मुद्दालाई फैसला गरि जिरोमा ल्याउने योजनासहित अदालत अगाडी बढेको समेत जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले मानवाधिकार संरक्षणमा सप्तरी प्रशासन गम्भीरतापुर्वक लागेको बताए । राज्य पक्ष वा गैर राज्यपक्षबाट हुने मानवअधिकार उलंघनका घटनामा संलग्नहरुलाई कसुर अनुसारको कारबाही गरेको बताउँदै प्रजिअ थापाले मानवाधिकार उलंघन गर्ने जो कोहिलाई पनि छुट नहुने स्पष्ट गरे । मानवाधिकारकर्मी र पत्रकारहरु नै राज्य पक्षबाट मानवाधिकार उल्लंघनको शिकार भएको सहभागीहरुले उठाएको सवालको जवाफ दिदै उनले कुटपिट र दुर्व्यवहार कसैमाथि नहोस् भन्नेमा प्रहरी-प्रशासन  सजग रहेको उल्लेख गरे ।
“मानवअधिकारकर्मी, पत्रकार तथा सर्वसाधारण कोहि होस् कसैमाथि कुटपिट, दुर्व्यवहार हुनुहुदै, उनले भने, तर त्यस्ता घटनाको जिम्मेवारी सिडिओ र एसपीले मात्र लिनुपर्छ भन्ने छैन, यति भन्दा प्रहरीलाई उक्साउनु चाहिँ खोजेको हैन भन्दै उनले थपे, यहाँ सिडिओ र एसपीलाई मात्र भारी बोकाउनु पाए हुन्थ्यो भने सबैको इच्छा हुन्छ तर हामीले पनि जवाफदेहिता लिनुपर्छ भन्ने कुराबाट पन्छिनु खोज्ने मात्र बढी छन् । “
 मानवाधिकार उलंघनको घटना रोक्न राजनीतिककर्मी, मानवाधिकर्मी, पत्रकार, प्रहरी प्रशासन तथा सरोकारवालासबैको दाइत्व रहेको उनको भनाइ थियो ।
इन्सेक सप्तरीका प्रतिनिधि मनोहर पोखरेलले राज्यको जिम्मेवार निकायहरूबाट मानवाधिकार उल्लंघनको घटना वृद्धि भएको भन्दै चिन्ता व्यक्त गरे ।  नेपाल मानवाधिकार बर्ष पुस्तक २०२४ सार्वजनिक गर्दै उनले तुलनात्मक रुपमा हेर्दा यसबर्ष गैर राज्य पक्षभन्दा राज्य पक्षबाट बढी मानवाधिकार उलंघन भएको बताए । उनले मानवाधिकार उल्लंघनमा बढी प्रहरी जिम्मेवार देखिएको टिप्पणी समेत गरे ।
इन्सेकका मानार्थ सदस्य एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व सभापति बैधनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा  जिल्ला न्यायाधिबक्ता गोगुल निरौला, सप्तरीका प्रहरी प्रबक्ता डिएसपी ढुण्डिराज नेउपाने, जनमत पार्टी सप्तरी इन्चार्ज रामगमन साह, जसपा सप्तरीका उपसचिव शम्भु कुमार यादव, उधोग बाणिज्य संघका केन्द्रिय सदस्य अरुण कुमार प्रधान, सप्तरी जिल्ला बार इकाईका अध्यक्ष राम प्रसाद चौधरी, सहयोगी नेपालका रामप्रकाश चौधरी, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, एकल महिला समुह मधेश प्रदेशकी  अध्यक्ष अनिता देवकोटा, अधिबक्ता रन्जिता रिजाल, सबल नेपालका नीर बहादुर आले, जिल्ला बालसंजाल सप्तरीका अध्यक्ष सलमा खातुन, सदस्य सोनिया कुमारी मण्डल, सामुदायिक सेवा केन्द्रका प्रमुख सल्लाहकार  हित नारायणलाल दासलगायतले आ- आफ्नो विचार व्यक्त गरे ।
कार्यक्रमको संचालन प्रेससेन्टर सप्तरीका अध्यक्ष एवम् पत्रकार महासंघ सप्तरीका सदस्य दिनानाथ यादवले गरेको थियो ।
सप्तरी जिल्ला अदालत बार इकाईको सभाहलमा आयोजित कार्यक्रममा बरख दल गण  राजविराजका गणपति प्रमुख सेनानी रमेश पाण्डे, सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारी, राष्ट्रिय अनुसन्धान आयोग सप्तरीका उपअनुसन्धान निर्देशक सुरेन्द्र कोइराला, लोसपा जिल्ला अध्यक्ष सुनिल झा, गैसस महासंघ सप्तरीका अध्यक्ष दिपक कुमार झा, कारागार कार्यालय प्रमुख सदानन्द दास, लाइन्स क्लब डिस्ट्रीक गर्भनर शंकर सारदा, समाबेशी अपाङ्ग संघका अध्यक्ष सतिसचन्द्र झा, बौद्धिक अपाङ्ग अभिभावक महासंघ सप्तरीका अध्यक्ष जगदीश अर्याल, राजविराज नगरपालिकाकी कार्यपालिका सदस्य ललिता कर्ण, सामुदायिक सेवा केन्द्रका अध्यक्ष धिरेन्द्र कुमार दास, अधिबक्ता साधाना कर्ण, इडभोकेसी फोरमका कुमार थपलिया, पत्रकार डम्बर राई, बृजमान तामाङ, नवीन यादव, बालअधिकारकर्मी विशेन्द्र पासवान, इन्सेक सहजकर्ता अजय परियार लगायतको उपस्थिति रहेको थियो ।