• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्यालय सुधार्ने जिम्मा प्रधानाध्यापकको: अध्यक्ष यादव 

विद्यालय सुधार्ने जिम्मा प्रधानाध्यापकको: अध्यक्ष यादव 

न्यूज टुडे

राजविराज, ३ पुस ।
सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले विद्यालयको शैक्षिक तथा भौतिक अवस्था राम्रो बनाउन प्रधानाध्यापकहरुको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् । रुपनी गाउँपालिकाद्वारा गाउँपालिका कार्यालयमा मंगलबार आयोजित प्रधानाध्यापकहरुसंगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रम बोल्दै प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादव । फोटो: न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विद्यालयहरुमा नियमित बैठक  तथा विद्यार्थीहरुको पढाई राम्रो बनाउन प्रधानाध्यापकहरुलाई आग्रह गरे ।
विद्यालयको विकास र पठनपाठन गुणस्तरीय बनाउन विद्यालय तथा गाउँपालिकाको सुमधुर सम्बन्ध हुनुपर्नेमा जोड दिंदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष यादवले विद्यालयको समग्र विकास र परिबर्तनका लागि प्रधानाध्यापकहरुको भुमिका महत्त्वपूर्ण हुने बताए ।
 प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादवले गाउँपालिकाको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताए । उनले रुपनी गाउँपालिकाको समग्र विकासका लागी आफू सधै सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मावि रायपुरका प्रधानाध्यापक परशुराम यादव,युवा ईस्लामिक मदर्शा रुपनी १ का प्रधानाध्यापक  बुधन भगत,प्रवि लौवापारका प्रधानाध्यापक मिठु माझी, युवा बर्ष जगमोहनका प्रधानाध्यापक रामलगन चौधरी, रुपनी १ का पुर्व वडा अध्यक्ष पिताम्वर यादवलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा लेखापाल श्यामसुन्दर यादव, योजना अधिकृत सुजन दाहाल, अधिकृत राजनारायण यादव लगायतको समेत उपस्थिति रहेको थियो ।
पालिका अन्तर्गतका १३ विद्यालयका प्रधानाध्यापकहरु सहभागी कार्यक्रमको संचालन शिक्षा शाखा संयोजक श्याम प्रसाद यादवले गरेका थिए ।