• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

स्वर्गीय राजधोवको स्मृतिमा श्रद्धाञ्जली सभा

स्वर्गीय राजधोवको स्मृतिमा श्रद्धाञ्जली सभा
न्यूज टुडे
राजविराज, १६ मंसिर ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा शनिबार स्वर्गीय लक्ष्मीनिया देवि माझी राजधोवको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
राजधोव महासंघ नेपाल केन्द्रिय समितिद्वारा स्वर्गीय राजधोवको १३ औं दिनको पुण्यतिथिको अवसरमा  श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।
राजधोव महासंघ नेपालका स्थानीय थानपति हरि नारायण लौगीको अध्यक्षता तथा राजधोव महासंघ नेपाल-भारतका सभापति भिखो प्रसाद माझीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माझी, डा. देव नारायण माझी ,लक्ष्मण मण्डल, देवेन्द्र प्रणामी लगायतकाले शोक बक्तव्य व्यक्त गर्दै स्वर्गीय राजधोवको जिवनी बारे चर्चा गरे ।
चाँदनी बजारको प्राङ्गणमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रमको संचालन युगोलकिशोर विश्वासले गरेको थियो ।
राजधोवको १०३ बर्षको उमेरमा मंसिर ३ गते निधन भएको थियो ।