सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड कञ्चनरुप नगरपालिका -८ बेरियरको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष अनोज कुमार यादवको अध्य्क्षता तथा कञ्चनरुप नगरपालिकाका मेयर ललनप्रसाद गुप्ताको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहका बिच साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गुप्ताले ६५ वटा सहकारी पालिका भित्र रहेको भए पनि समाजमा विभिन्न माध्यमबाट सेवादिने कार्यक्रममा सहयोग सहकारी पहिलो स्थानमा रहेको बताए । उनले अधिकाँश सहकारी झोले सहकारी रहेको समेत बताए ।
पालिकाबाट सहकारीको लागि लेखा लगायतको क्षमता अभिबृद्वी गर्ने तालिम दिने गरेको उनले बताए । पालिकाबाट सहकारीका ऋणलिएका ऋणिहरुलाई चुक्ता गर्ने सन्दर्भमा सार्वजनिक सुचना समेत जारी गरेको गुप्ताले जानकारी दिए ।
कञ्चनरुप-८स्थित बालबोध स्केनड्री स्कुलमा आयोजित कार्यक्रममा तिरहुत गाउँपालिकाका पुर्व अध्यक्ष हेमन्त बहरखेर (मनोज) , वडा नम्बर -१ का वडा अध्यक्ष शिबनारायण महतो , दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवान, अन्नपूर्ण सहकारीका अध्यक्ष सुदम्बर यादब, समाजसेवी खिकर साहलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
उक्त साधारणसभामा व्यवस्थापक बिनोद कुमार दासले आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षण प्रतिबेदन पेश गरे । उनले ३८ करोड ६ लाख ४२ हजार ६ सय १४ रुपैयाँको आयव्यय प्रस्तुत गरे।
बचत तथा निक्षेप २८ करोड १३ लाख ३९ हजार ३ सय ११ रुपैयाँ रहेको प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ । जस अन्तर्गत संघिय सरकारलाई २३ लाख ८३ हजार ४ सय ७७ रुपैयाँ सहकारीले कर तिरेको र कुल नाफा सहकारीको १ करोड ९ लाख ३३ हजार ८ सय ६१ रुपैयाँ रहेको व्यवस्थापक दासले बताए ।
त्यसैगरी संचालक समितिका सचिब शोभाकान्त गुप्ताले चालू आर्थिक वर्ष र गत आर्थिक वर्षको आर्थिक कारोबारको खर्च प्रतिबेदन पेश गरेको थियो । उक्त अवसरमा सहकारीले असल ऋणि र असल बचत कर्तालाई सम्मान समेत गरेको थियो । बालबोध स्कुलका छात्र -छात्राहरुले नृत्यको माध्यमबाट कुलतमा लागिरहेका बालबालिकालाई कुलत छोड्दै भविष्यको लागि सहकारीमा बचत गर्न संदेश दिए ।
उक्त कार्यक्रमका सञ्चालन कृष्णलाल यादवले गरेको थियो ।