• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत र्‍याली

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत र्‍याली
न्यूज टुडे
राजविराज, १५ मंसिर ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार जनचेतनामूलक र्‍याली तथा कोणसभा आयोजना गरिएको छ । सहयोगी समाज सप्तरीको सहयोगमा स्वास्थ्य कार्यालय सप्तरीले कार्यक्रम आयोजना गरेको हो ।
सहयोगी समाजको कार्यालय पुल्चोकबाट निकालिएको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै स्वास्थ्य कार्यालय हुँदै सहिद दशन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले लैंगिक हिंसा न्यूनीकरणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।
लिंगको आधारमा हुने कुनैपनि भेदभाव र हिंसाको घटनालाई निरुत्साहित गर्न एकताबद्व भएर सामना गर्नुपर्ने उनिहरुको जोड थियो ।
कोणसभालाई मानवाधिकारकर्मी एवम् पत्रकार मनोहर कुमार पोखरेल, स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झा, राजविराज नगरपालिकाकाकी महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी सहयोगी समाजका प्रदिप लामिछाने लगायतकाले सम्बोधन गरे ।
“समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं” भन्ने  मुल नाराको साथ ३६ औं विश्व एड्स दिवसको अवसर पारेर आयोजित र्‍यालीमा महिला हिंसा विरुद्धका अभियन्ताहरु, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी तथा महिला अधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।
प्रत्येक बर्ष सप्तरीसहित विश्वभर यो अभियान मनाउँदै आएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बरमा सुरु भइ १० डिसेम्बरमा सम्पन्न हुनेछ ।