• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी कारागारमा क्षमताभन्दा तीन गुणा कैदीवन्दी राखिएका छन् । उसै पनि जीर्ण भवन रहेको यस कारागारमा क्षमता अनुसारका कैदी वन्दी राख्न पनि समस्या छ । विगत कैयौं वर्षदेखि यस कारागारका जीर्ण अवस्थाका बारेमा कुरा उठ्दै आएको छ । समाचार पनि लेखिएका छन् ।
विभिन्न सरोकारवालाले निरीक्षण गरेर पनि कारागारको अवस्था चिन्ताजनक रहेको भनि बताईसकेकै छन् । तर पनि सरकारले यसको अवस्था सुधारका सबालमा काम गरिरहेको देखिँदैन । एक प्रकारले कारागारमा जोखिमै मोलेर बस्नु पर्ने अवस्था छ । कारागारमा रहेका कैदीवन्दी पनि मानव नै हुन् । उनीहरुलाई पनि मानवोचित व्यवहारको आवश्यकता छ । क्षमताभन्दा निकै बढी कैदीबन्दी रहेका कारणले कोचमकोच गरेर वस्नु पर्ने अवस्था त छ नै । यसका साथै हावा,घामको प्रबेश रहेको स्वस्थ्यकर कोठा हुनु पर्नेमा त्यस्तो नरहेको अवस्था छ । यसका साथै कैदीवन्दीको अनुपातमा पानी तथा सौचालयको व्यवस्था मिलाउनु पर्ने भए पनि यसको समेत व्यवस्थापन हुन सकेको छैन । सरकारमा रहेका नेताहरु मध्येका धेरैले पनि विगतमा आन्दोलनका क्रममा कारागारको बन्दी जीवन विताईसकेकै हुन् । आफू बन्दी अवस्थामा रहेका समयमा उनीहरुले पनि कारागारमा रहेका समस्याका बारेमा गुनासो नगरेका होईनन् । तर उनीहरु आफू सत्तामा गएपछि कारागारको अवस्था सुधारकालागि जसरी लाग्न जरुरी थियो त्यो नभएको अवस्था छ ।
सप्तरी कारागारको जग्गा पनि अतिक्रमणमा परेको छ । कारागारको स्वामित्वको जग्गा यसकै उपभोगमा ल्याउन सकियो भने अहिलेको भन्दा फराकिलो क्षेत्रफलमा यो अवस्थित रहने छ । यसका साथै फोहरको समस्यामा पनि कमी ल्याउन सजिलो हुने छ । कारागारको अवस्थामा सुधारकालागि स्थानीय राजनीतिक दल तथा जनप्रतिनिध समेतले पहलकदमी लिन जरुरी छ ।