न्यूज टुडे
राजविराज, १४ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिका १ परसाहीका अग्नीपीडित छेदी यादवलाई एक संस्थाले बिहिवार
राहत वितरण गरेको छ । धर्मिहल्फा महिला विकास क्लब लालपट्टि सप्तरीद्वारा अग्नीपिडित यादवलाई राहत प्रदान गरेको हो ।

आगलागिबाट सर्वस्व घुमाई बिच्चलीमा परेका अग्निपीडित यादवलाई सहयोग स्वरुप त्रिपाल,झुल तन्ना, धोती ,साड़ी, थाल ,गिलास, डेकची, कराही डाडु ,बाल्टिन, मगलगायतका सामाग्री प्रदान गरेको संस्थाका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले जानकारी दिए ।
गत मंसीर ९ गते आगलागी हुँदा अनुमानित ३ लाख भन्दा बढीको क्षति भएको थियो ।