• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बसको ठक्करबाट अटो चालकसहित ३ जना घाइते 

बसको ठक्करबाट अटो चालकसहित ३ जना घाइते 
न्यूज टुडे
राजविराज, १४ मंसिर ।
पुर्व -पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी बजारमा बिहिवार बसले अटोलाई ठक्कर दिंदा ३ जना घाईते भएका छन् ।
दुर्घटनामा सिरहा सुखीपुर नगरपालिका ८ का अटो चालक बर्ष ४० को पुल्कित चौधरी र सोही अटोमा सवार धनगढी नगरपालिका २ की रुबि पासवान र उनको १७ महिनाका छोरा घाइते भएका हुन् ।
दुर्घटनामा घाइते अटो चालक पुल्कित चौधरी । फोटो: न्यूज टुडे
दुर्घटनामा गम्भीर घाइते अटो चालक चौधरीलाई स्थानीयबासीको सहयोगमा प्रहरीले उद्वार गरि तत्कालै उपचारको लागि अस्पताल पठाइएको स्थानीय सुर्यमान तामाङले बताए । देब्रे हात भाँचिएको र शरीरको विभिन्न भागमा चोट लागि घाइते चौधरीको रुपनी स्थित युनिक अस्पताल रायपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते आमा-छोराको स्थानीय स्वास्थ्य संस्थामा उपचार पश्चात् घर फर्किएको तथा अटो चालक चौधरीको अवस्था सामान्य हुँदै गएको इलाका प्रहरी कार्यालय महुलीले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६७२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र- २-००१ ह ०८५८ नम्बरको अटोलाई ठक्कर दिएको स्थानीयले जनाएको छ ।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा राखी आबश्यक अनुसन्धान अगाडि बढाएको ईलाका प्रहरी कार्यालय रुपनीका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक राजन सिंहले जानकारी दिए ।