• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कृष्णासवरन ४ मा शृङ्खलाबद्ध फर्जी धन्दा 

कृष्णासवरन ४ मा शृङ्खलाबद्ध फर्जी धन्दा 
न्यूज टुडे
राजविराज, ४ भदौ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ को वडा कार्यालयमै  फर्जी  कागजातको कारोबार हुने गरेको एकपछि अर्को रहस्य सार्वजनिक भएको छ । झुठो विवरण खडागरी दर्ता नै नभएको जग्गाको रसिद काटेर विवादित बनेपछि एकपछि अर्को काण्ड सार्वजनिक भएको हो ।
वडा सचिब प्रवीण कुमार यादवले वडा नम्बर २ स्थित रहेको इटाहर्वा बजारको जग्गाको रसिद जग्गाधनीको ठेगानामा झुठो विवरण खडागरी  काटेपछी निरन्तर फर्सी धन्दा हुने गरेको खुलासा भएका छ्न ।
 उनले काटेको रसिदमा जग्गाधनी धनुषाका सत्रुधन कुमार ठाकुरको ठेगाना अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ उल्लेख गरेको छ । उनले  २०७९ माघ १० गते आव २०७८/०७९ को मालपोत रसिद काटेको छ । जवकी उक्त जग्गा विवादमा परेपछि २ नम्बर वडा कार्यालयले अनलाइनमा इन्ट्री गर्न रोकेर २०७४ साल यता मालपोत रसिद दिएका थिएन ।
वडा सचिब यादव आर्थिक प्रलोभनमा परि भूमाफियालाई सघाएको भनी फर्जी कारोबारबाट स्पष्ट भएको स्थानीयहरु बताउछन् ।
यो वडा कार्यालयबाट फर्जी कारोबार भएको तेस्रो काण्ड रहेको वडा अध्यक्ष तेज नारायण यादवको स्विकारोयुक्ति छ ।
यसअघि वडा कार्यालयले फर्जी कागत दिएपछि गत जेठ २१ गते कोर्ट म्यारिज’ गरेकी सोही ठाउँकी बबिता ईसरको जन्म दर्ता विवादीत बनेपछि उक्त कुरा बाहिरिएको थियो ।
 यस सम्बन्धि वडाध्यक्ष तेजनारायण यादवले नै पत्रकार सम्मेलन गर्दै कार्यालय सहयोगी देवकान्त चौधरी, वडा सचिव रमेश घिमिरे र कम्प्युटर अप्रेटर सुनीता चौधरीले फर्जी जन्म दर्ता बनाइदिएको बताएका थिए।
वडा कार्यालयको रेडर्कअनुसार बबिताको जन्म २०६७ साल वैशाख २४ भएको हो तर कार्यालय सहयोगी देवकान्तले आर्थिक प्रलोभनमा परेर वडा कार्यालयको जन्म दर्ता सम्बन्धी ढ्ढाडा (रेकर्ड रजिष्टर) मा जन्म मिति २०५८ साल जेठ ११ गते कायम गरेको बुझियो’ पत्रकार सम्मेलनमा उनले भनेका थिए, वडा सचिव रमेशले पनि जन्म दर्ता प्रमाणित गरिदिएको बुझिन आएको छ ।’
सोही पत्रकार सम्मेलनमा उपस्थित भएका कार्यालय सहयोगी देवकान्तले पनि जन्म दर्ता प्रतिलिपि लिनका लागि निवेदन दिएका नारायण राम भन्ने व्यक्तिले १५ हजार रुपैयाँ दिने आश्वासन दिएको स्वीकार गरेका थिए । जन्म दर्ता प्रतिलिपि दिए तर पैसा भने अझैं पाइनसकेको  उनले बताएका थिए ।
जन्म दर्ता प्रतिलिपिका लागि आएको निवेदनमा तोक भने लगाइएको छैन् तर पनि वडा सचिव रमेशले जन्म दर्ता प्रमाणित गर्नुले वडा कार्यालयमा फर्जी कागजातको कारोबार हुँदै आएको श्रोतले बतायो ।
जिल्लाको विष्णुपुुर गाउँपालिका–६ का २१ वर्षीय मनोजकुमार रामसँग अन्तर जातीय विवाह गरेकी बबिताको जन्म दर्ता विवादीत बनेपछि अन्य फर्जी काण्डहरु बाहिर नआओस् भन्ने मनसायले वडाध्यक्ष यादव सबै दोष कर्मचारीमाथि थुपार्न प्रयासरत हुनुहुन्छ’ श्रोतले भन्यो, वडामा सबै जसो फर्जी कारोबार वडाध्यक्ष यादवकै योजनाअनुसार हुँदै आएको छ, अहिले पनि मोटो रकमको चलखेलपछि मालपोत रसिद काटेको तथा जन्म दर्ता विवाद झिकाइएको श्रोतको भनाई छ ।
वडाध्यक्ष यादवले रसिद काटेको तथा फर्जी भएको विषयमा आफुलाई भर्खरै मत्र जानकारी भएको बताए ।
 रसिद काटेको तथा फर्जी भएको विषयमा मलाई कुनै जानकारी थिएन, रसिद र जन्म दर्ता विवादीत बनेपछि मात्रै आफुले सोधखोज सुरु गरेको हुँ’ उनले भने,  यसअघि जन्मदर्ताको रेकर्डअनुसार नै मैले पत्रकार सम्मेलन गरे, यसमा कुनै चलखेल छैन् ।’ वडा सचिव रमेशले विश्वासमा परेर आफुले जन्म दर्ता प्रतिलिपि प्रमाणित गरिदिएको पत्रकार सम्मेलनमा बताएका थिए ।
फर्जी जन्म दर्ता काण्डमा सचिब घिमिरे, कार्यालय सहयोगी देवकान्त र कम्प्युटर अपरेटर सुनितालाई जिम्मेवारीबाट मुक्त गरि गाउँपालिकाको कार्यालयमा झिकाइएको छ । उनीहरुमाथी छानबिन भइरहेको वडा अध्यक्ष यादवले जानकारी दिए ।
यसैगरी एनआईसी एसिया बैंक शाखा राजविराजमा भएको पौने ३ करोड रुपैयाँको  स्क्याम’ प्रकरणमा पनि सोही वडा कार्यालयबाट चारकिल्ला प्रमाणित कागजात जारी भएको पाइएको थियो । गत माघ २६ गते विभिन्न संचारमाध्यममा सो स्क्याम’ बारे खुलासा गरेपछि वडा कार्यालयले सो कागजात किर्ते प्रतिक्रिया जनाए पनि अझैं स्पष्ट हुन सकेको छैन् ।
जिल्लाको राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) (हाल अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२) को कित्ता नम्वर २२१ को १० कठ्ठा ५ धुर जग्गाको कीर्ते जग्गाधनि प्रमाण–पत्र बनाई राजविराज नगरपालिका–९ (तत्कालिन मलेठ गाविस वडा नं.७) की वसिरन खातुनलाई जग्गाधनि बनाइएको थियो ।
सोही जग्गाधनी प्रमाण–पत्रको आधारमा गत माघ २२ गते बैंकले रोक्का नम्वर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरी खातुनकै बुहारी आसमा खातुनको नाममा दर्ता भएको एएस ट्रेडर्स एण्ड सप्लायर्स’ लाई स्वीकृत गरेको २ करोड ८० लाख ऋणमध्ये २ करोड ३० लाख रुपैयाँ ऋण दिएको थियो ।
सो  स्क्याम’मा दायर भएको सरकारी कागजात कीर्ते मुद्दामा सप्तरी जिल्ला अदालतबाट गत वैशाखको दोस्रो साता बैंकर्स, भूमि सुधार तथा मालपोत कार्यालयका कर्मचारी, लेखापढी व्यवसायी र व्यवसायीसहित एक दर्जन व्यक्ति विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनीहरु फरार छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सरकारी कागजात कीर्ते मुद्दाका फरार आरोपिहरुको खोजी भइरहेको बताएको छ ।