न्यूज टुडे
राजविराज, ७ श्रावण ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा आइतबार सप्तरीको राजगढ गाउँपालिका र राजविराज नगरपालिकामा बृक्ष रोपण गरिएको छ ।
राजगढ गाउँपालिकाको हाताभित्र ३ सय ५० वटा तथा राजविराज नगरपालिका ९ को मलेठमा २ सय ५० वटा बिरुवा रोपिएको हो ।
बिपि स्मृति दिवसको अवसर पारेर आयोजित बृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले राजनीति र साहित्य दुबै फाँटमा सफल रहेका विपिका विचारहरुको सान्दर्भिकता अहिले पनि उत्तिकै रहेको बताए ।