• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीमा बलात्कारको आरोपमा चारजना पक्राउ

सप्तरीमा बलात्कारको आरोपमा चारजना पक्राउ
न्यूज टुडे
 राजविराज, २ साउन ।
सप्तरीमा एक १७ वर्षीया किशाेरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छ्न । कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई बलात्कारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका हुन ।
नाबालिकामाथि सामूहिक बलात्कार गर्ने  योजनाकार कैलाश पोखरेलसहित चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चपुरका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए।  ‘घटनामा संलग्न रहेका चारैजनालाई हामीले नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’
कैलाशले नै सुदीप, मनोज र दीपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडि बलात्कार गर्न लगाएको बयान दिएको डिएसपी रायले बताए ।
‘शुक्रबार मध्येराति ती नाबालिकाको घरमै पसेर चारैजनाले कोही नबस्ने छेउको घरमा पुर्‍याएर कैलाशको निर्देशनमा पालै–पालो बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनापछि ती  किशोरीले परिवारलाई सुनाएपछि परिवारले किटानी जाहेरी दिएका थिए। पीडितको जाहेरीको आधारमा चारैजनालाई नियन्त्रणमा लिई  घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी रायले बताए ।