• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कञ्चनरुपमा वृद्ध आश्रम निर्माण गर्ने उपप्रमुख पोखरेलको प्रतिबद्धता

कञ्चनरुपमा वृद्ध आश्रम निर्माण गर्ने उपप्रमुख पोखरेलको प्रतिबद्धता
राजकुमार साह
कञ्चनपुर,२२असार ।
सप्तरीको कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले नगरपालिकामा चाडै वृद्ध आश्रम  निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन। रोजगार सेवा केन्द्रले शुक्रबार रोजगार सृजनाका लागि दीर्घकालीन रणनीति पत्र निर्माण गर्न सुझाव संकलनका निम्ति आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन । कार्यक्रममा बोल्दै उपप्रमुख पोखरेलले नगरपालिकामा बृद्ध आश्रम संचालनमा ल्याउने घोषणा गरिन । नगरपालिकामा बृद्वबृद्वा आमाबुबाको सेवामा समर्पित भएकै छु,उनले भनिन, बृद्वबृद्वा आमाबुबालाई आराम गर्ने आश्रम निर्माण छिटै गर्नेछु,
उनले बृद्व आश्रम निर्माणसंगै बृद्वाबृद्वलाई सहज हुने विश्वास व्यक्त गरिन ।
 रोजगार सेवा केन्द्रकी  संयोजक कल्पना चौधरीले  रोजगार हक सम्बन्धि ऎना र नियमावली ,२०७५मा    कार्यन्वयनममा आए पनि कञ्चनरुप पालिकामा हालसम्म सो ऎन र नियमावली कार्यन्वयनमा नआउँदा पालिका भित्र कति बेरोजगार छ्न,भने वास्तविक तथ्यांक समेत नरहेको बताइन् ।
कार्यक्रमका प्रशिक्षक डा. बिजय मिश्रले ऎन ,नियमावली र स्थानीय तहको रोजगार रणनीति निर्माण सम्बन्धि जानकारी दिए ।
कार्यक्रममा सहकारी संस्थाबाट सुदम्बर यादव,व्यपार व्यबसाय एवम् संघबाट घनश्याम रोनियार,शशी साह, पत्रकार अनिल पोखरेल र राजकुमार साह, १२वटैवडाकोवडाअध्यक्षहरु,कार्यपालीका सदस्यहरुका सहित विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको सहभागी थियो ।