राष्ट्रिय युवा संघ नेपाल सप्तरीको उपाध्यक्ष एवम नेकपा एमाले रुपनी गाउँपालिका सचिव रन्जित कुमार भगतले एक विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ । रुपनी गाउँपालिका ६ का जनता माध्यमिक विद्यालय तेरहौतालाई आइतबार एक कार्यक्रमका विच खेलकुद सामाग्री प्रदान गरेको हो ।
भगतले प्रधानाध्यापक मोहन कुमार यादवलाई फुटबल ४ र बलिबल ४ थान हस्तान्तरण गरे । स्कुलमा बिधार्थीलाई खेलकुदको लागि बजेटको अभाव रहेको प्रधानाध्यापक यादवले जानकारी गराएपछि खेलकुदका केही सामाग्री प्रदान गरेको भगतले जानकारी दिए ।
कार्यक्रममा , विद्यालयका शिक्षक, कर्मचारी र बिधार्थीहरूको उपस्थिति रहेको थियो ।