• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ नम्बर वडा समिति गठन

जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ नम्बर वडा समिति गठन

न्यूज टुडे
राजविराज, १० मंसिर ।
जनता समाजवादी पार्टी नेपाल अग्निसाईर कृष्णासवरन गाउँपालिका ५ नम्बर वडा समिति गठन भएको छ । छपकीमा शुक्रबार सम्पन्न वडा अधिवेशनले देवराम यादवको अध्यक्षता ११ सदस्यीय वडा समिति गठन गरेको हो ।

गठित समितिको उपाध्यक्षमा वालकृष्ण साह, सचिवमा लक्ष्मण साह, सह–सचिवमा विलक्षण खंग र कोषाध्यक्षमा अनुजा कुमारी चौधरी चयन भएका छन् । यसैगरी समितिको सदस्यहरुमा दम्वालाल राम, माधुरी चौधरी, रमेश मण्डल, वसन्ती चौधरी लगायतका छन् ।

कार्यक्रममा संघीय परिषद् सदस्य गुनानन्द चौधरी, पूर्व केन्द्रिय सल्लाहकार चन्देश्वर यादव, नेता भुपेन्द्र चौधरी, जिल्ला समिति सदस्य रामदेव यादव, गाउँपालिका वरिष्ठ उपाध्यक्ष दिनेश साह, सचिव मिलन चौधरी, वडा नम्बर ३ का अध्यक्ष रमेश चौधरी, प्रकाशचन्द्र यादवलगायतको उपस्थित रहेको थियो ।