• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

विप्लव नेतृत्वको नेकपा सप्तरीद्वारा पार्टी पुनस्र्थापनाको अवसरमा बिभिन्न कार्यक्रम आयोजना

विप्लव नेतृत्वको नेकपा सप्तरीद्वारा पार्टी पुनस्र्थापनाको अवसरमा बिभिन्न कार्यक्रम आयोजना

न्यूज टुडे
राजविराज, ०८ मंसिर ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी चौकमा बुधबार नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सप्तरीद्वारा पार्टी पुनस्र्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

पार्टीका जिल्ला सेक्रेटरी विमला खडकाको अध्यक्षता तथा केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज वलवान विसिको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।

पार्टीको आठौं पुनस्र्थापना दिवसको अवसरमा रुपनीस्थित रहेको सहिद अजवलाल यादवको शालिकमा फुलमाला र अविर अर्पण गरिएको नेकपा सप्तरीले जनाएको छ । यसैगरी रुपनीस्थिति चौकमा दिप प्रज्वलन र शुभकामना आदानप्रदान गरी पार्टी पुनस्र्थापना दिवस मनाएको सो पार्टीले जनाएको छ ।

पार्टी जिल्ला समिति सदस्य उदय मण्डलद्वारा संचालित कार्यक्रममा स्वागत जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल आदर्शले गरे । नेपाल कम्युनिस्ट पार्टी विप्लव जिल्ला कार्यसमिति सप्तरीद्वारा आयोजित कार्यक्रममा पार्टी निकट बिभिन्न जनबर्गीय संगठनका पदाधिकारी तथा प्रतिनिधि र पार्टीका बिभिन्न तहका नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

माओबादी केन्द्रबाट अलग भई नेत्र विक्रम चन्दको नेतृत्वमा २०७२ सालमा पार्टी स्थापना गरिएको थियो ।