• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

विद्यालय छोडेका किशोरीहरुलाई साईकल तथा शैक्षिक सामाग्री वितरण

विद्यालय छोडेका किशोरीहरुलाई साईकल तथा शैक्षिक सामाग्री वितरण

न्यूज टुडे
राजविराज, ०८ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका र विष्णुपुर गाउँपालिकाका विद्यालय छोडेका १० देखि १८ बर्ष उमेर समुहका विपन्न समुदायका किशोरीहरुलाई साईकलसहित शैक्षिक सामाग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोग, स्थानीय सरकारको समवन्य तथा सेभ द सप्तरीको आयोजनामा एक समारोहका बीच किशोरीहरुलाई साईकलसहित शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवको अध्यक्षतामा आयोजित कार्यक्रममा छिन्नमस्ता गाउँपालिका ३ का १२ जना, कोईलाडी तिलाठी गाउँपालिका ४ का ४ जना किशोरीहरुलाई जनही साईकल १ थान, कापी १९, कलम १०, स्केल १, स्टेपलर मेसिन १ पिन २, क्यालकुलेटर १, ज्यामिती बक्स १, अंग्रेजी ग्रामर १, नेपाली व्यकरण १, सामान्य ज्ञान १, शब्द कोष १, घडी १, लाईट १, ब्याग १ र टिफिन बक्स १ थानको दरले वितरण गरिएको थियो ।

यसैगरी विष्णुपुर गाउँपालिका ४ का मुसहर समुदायका १० देखि १८ बर्षका २९ जना किशोरीहरुलाई नुहाउने सावुन ७, लुगाधुने साबुन ६, तौलीया १, ब्रस २, पेष्ट २, पानी खाने वोतल १, मास्क १, सेनिटाईजर १, सेनेटरी प्याड २, टिसु पेपर १, काइँयो १, नेलकटर १ जस्ता सामाग्री वितरण गरिएको सेभ द सप्तरीका लैङ्गिक, केन्द्रित परियोजना संयोजक संतोष यादवले वताए ।

कार्यक्रममा सेभ द सप्तरीका मिथिलेश यादव, फरजना खातुन, चन्दन चौधरी, शिवु मण्डल, प्रमानन्द राम, मिठु झा लगायत उपस्तिथि रहेको थियोे ।