• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

छिन्नमस्ता गाउँपालिकामा ८१ बर्षीय बृद्धको घाँटी रेटेर हत्या

छिन्नमस्ता गाउँपालिकामा ८१ बर्षीय बृद्धको घाँटी रेटेर हत्या

अशोक शर्मा
सखडा, ०८ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ खुदिवारीमा बुधबार एक ८१ बर्षीय बृद्धको घाँटी रेटेर हत्या गरिएको छ । स्थानीय मिश्रीलाल मण्डलको घाँटी रेटेर हत्या गरेको हो ।

बुधबार विहान घरबाट निस्किएका मण्डल छिन्नमस्ता–राजविराज सडक खण्डको झौखराही फुलवारीमा साँझ ४ बजे मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको शव घाँटी रेटिएको अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

घटना बारे अनुसन्धान थालिएको तथा हत्याको कारणबारे खुल्न नसकेको उनले बताए ।