Top_Header_Right_Add

प्रधानन्यायाधीश विरुद्ध सप्तरीका कानुन व्यवसायीहरु सडकमा

प्रधानन्यायाधीश विरुद्ध सप्तरीका कानुन व्यवसायीहरु सडकमा

न्यूज टुडे
राजविराज, ०८ मंसिर ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवराको राजिनामा माग गर्दै सप्तरीका कानुन व्यवसायीहरुले राजविराजमा मंगलबार ¥याली तथा विरोध सभाको आयोजना गरेका छन् । राजविराज उच्च अदालत वार एशोसिएशनको नेतृत्वमा कानुन व्यवसायीहरुले नगरपरिक्रमा गरि विरोध सभाको आयोजना गरेको हो ।

जनकपुर–राजविराज उच्च अदालत वार एशोसिएशनको प्राङ्गणबाट निकालिएको ¥याली नगर  परिक्रमा गरि पुनः सोही ठाउँमा पुगेर सभामा परिणत भएको थियो । उच्च अदालत वार एशोसिएशनका अध्यक्ष अधिवक्ता भरत यादवको अध्यक्षता तथा नेपाल वार एशोसिएशनका उपाध्यक्ष अधिवक्ता रामचन्द्र साहको प्रमुख आतिथ्यमा बिरोध सभा आयोजना गरेका थिए ।

विरोध सभालाई प्रमुख अतिथि उपाध्यक्ष सिंह, नेपाल वार एशोसिएशनका सदस्य अधिवक्ता पञ्च नारायण मण्डल, अधिवक्ता एकराज भण्डारी, उच्च अदालतका पूर्व अध्यक्षहरु अधिवक्ता श्याम नारायण साह, रामानन्द साह, जिल्ला बारका पूर्व अध्यक्ष अधिवक्ता राम कुमार यादव, केशव दास, दुर्गानन्द चौधरी, जिल्ला वार एशोसिएशन सप्तरीका अध्यक्ष अधिवक्ता डोमन साह, सिरहाका अध्यक्ष अधिवक्ता विरेन्द्र कुमार सिंह, वरिष्ठ अधिवक्ताहरु महेन्द्र चौधरी, देव नारायण यादव, रामजी साह, जिल्ला वार एशोसिएशन सिरहाका कोषाध्यक्ष अधिवक्ता ओम कुमारी साह, उच्च अदालत बार एशोसिएशनकाका सदस्य अधिवक्ता पार्वती जोशी, जिल्ला वार सप्तरीका सदस्य अधिवक्ता मिना देवले सम्बोधन गरे ।

कार्यक्रमको सञ्चालन राजविराज उच्च अदालत वार एशोसिएशनका सचिव अधिवक्ता मो. समिम अक्तर अलिले गरे ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer