Top_Header_Right_Add

शान्ति सुरक्षामा कमी हुने छैन ः डिएसपी यादव

शान्ति सुरक्षामा कमी हुने छैन ः डिएसपी यादव

न्यूज टुडे
राजविराज, ०७ मंसिर ।
ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीका नव आगन्तुक डिएसपी राम कुमार यादवले आफ्नो कार्यकालभरि शान्ति, सुरक्षामा कुनै किसिमको कमी आउन नदिने बताएका छन् । अन्तर्राष्ट्रिय विमान स्थल काठमाडौबाट सरुवा भई आएका डिएसपी यादवले मंगलबार आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय कंचनपुरको प्रमुखका रुपमा गत शुक्रबार हाजिर भएका डिएसपी यादवले आफ्नो परिचय दिदै आफ्नो कार्यकालमा शान्ति सुरक्षामा फरक ल्याउने बताए । आफ्नो ईलाकामा अन्तर्गत हुने सबैखाले अपराधिक क्रियाकलाप निरुत्साहित गर्छौं, डिएसपी यादवले भने, अपराधमुक्त क्षेत्र बनाउन सबैसँग सहयोग लिदै सरोकारवालासँग समन्वय गरेर अगाडि बढ्नेछौं ।

डिएसपी यादवले सडक दुर्घटना न्यूनीकरण गर्न विशेष योजना अगाडि सार्ने बताए । सडक दुर्घटनामा दैनिक मानवीय क्षति हुने गरेको छ, डिएसपी यादवले भने, सडक दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न प्रहरीले बिशेष योजना बनाएर काम गर्नेछ । शान्ति सुरक्षालाई चुनौती दिने गरी लागुऔषध प्रयोगकर्ताहरुको संख्या दिनप्रतिदिन बढेको स्थानीयहरुले राखेको जिज्ञासाको जवाफ दिदै उनले लागुऔषध र अबैध गतिविधि गर्ने ब्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

डिएसपी यादवले आफ्नो कार्यकालमा सर्वसाधारणले समेत न्यायको अनुभूती गर्न पाउने दावी गरे । आफ्नो कार्यकालमा कसैलाई काखापाखा नगरी सेवा प्रदान गर्ने उल्लेख गर्दै डिएसपी यादवले, आफू रहुञ्जेलसम्म सबैप्रति सम्माजनक ब्यवहार हुने बताए ।

परिचयात्मक कार्यक्रममा संचारकर्मी, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उधोगी व्यवसायीलगायतका स्थानीय बुद्धिजिवीहरुको उपस्तिथि रहेको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer