• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

हरुवाचरुवा प्रथा अन्त्यको मांग गर्दै पालिकाहरुमा ज्ञापन–पत्र बुझाईयो

हरुवाचरुवा प्रथा अन्त्यको मांग गर्दै पालिकाहरुमा ज्ञापन–पत्र बुझाईयो

न्यूज टुडे
राजविराज, ०७ मंसिर ।
प्रदेश नम्बर २ का बिभिन्न पालिकामा मंगलबार हरूवाचरुवा अधिकार मञ्चद्वारा हरूवाचरुवा प्रथा अन्त्यको माग गर्दै ज्ञापन–पत्र बुझाएका छन् । राष्ट्रिय दलित नेटवर्कको सहयोगमा गठित मञ्चद्वारा बिभिन्न माग राखी सप्तरीसहितका २४ पालिकाहरुमा एकसाथ ज्ञापन–पत्र बुझाएका हुन् ।

मञ्चका स्थानीय समितिहरुको अगुवाईमा सप्तरी, सिराहा, धनुषा, रौतहट, बारा र पर्साका बिभिन्न २४ पालिकामा बाध्यकारी बधुवा श्रममा आधारित शोषणमुक्त दास प्रथाको रुपमा रहेको हरूवाचरुवा प्रथा अन्त्य गर्न मागसहितको ज्ञापन–पत्र बुझाएको जनाएको छ ।

उक्त समितिहरुद्वारा बिभिन्न पालिकाहरुमा पेश गरिएको ज्ञापन–पत्रमा दास प्रथाको अवशेषको रुपमा रहेको कृीष बधुवा श्रमिकहरु हरुवाचरुवाहरुको नागरिकता, जन्मदर्ता, समाजिक सुरक्षा भत्तालगायतका सवालहरुलाई सहज ढंगले सम्बोधन गर्न माग गरिएको छ ।

हरुवाचरुवाहरुको पहिचान, प्रमाणिकरण र परिचयपत्र बितरण गरियोस् साथै हरुवाचरुवाहरु भूमिहीन भएकोले भूमीमाथि उनीहरुको स्वामित्व कायम गरियोस् भनी ज्ञापन–पत्रमा उल्लेख छ ।

हाल स्थानीय सरकारहरुबाट नै सम्बोधन हुन सक्ने खालका बिभिन्न मागहरु जस्तै हरुवाचरुवाहरुको आयआर्जन प्रबद्र्धन गर्नका लागि जिविकोपार्जन सीप बिकास तालिमहरुमा समेत उनीहरुको पहँुच कायम गरियोस् भने मागहरू ज्ञापन–पत्रमार्फत प्रस्तुत गरिएको राष्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकारी रुप नारायण  पासवानले बताए ।

सदियौंदेखि हरुवाचरुवा प्रथाबाट प्रताडित भई सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक दृष्टिले पछाडि परेकाहरुलाई राज्यको मूलधारमा ल्याउनु राज्यको प्रमुख दायित्व भएकोले हाम्रा मागहरू अबिलम्ब सम्बोधन हुनुपर्ने हरुवाचरुवा अधिकार मञ्च बिरगंजका अध्यक्ष जयप्रकाश माझीले बताए ।