• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तेरहौतामा संचालित दोस्रो पचशिल्ड क्रिकेट प्रतियोगिताको उपाधि विरेन्द्र बजारलाई

तेरहौतामा संचालित दोस्रो पचशिल्ड क्रिकेट प्रतियोगिताको उपाधि विरेन्द्र बजारलाई

राजविराज ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित तेरहौतामा संचालित दोश्रो पचशिल्ड क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वि एण्ड वि स्पोर्ट्स क्लब विरेन्द्र बजारले हात पारेको छ । जनता माध्यमिक विद्यालय तेरहौताको खेल मैदानमा शनिबार सम्पन्न फाईनल खेलमा दुधेलालाई ४ विकेटले पराजित गर्दै आयोजक टिमले उपाधिमाथि कब्जा जमाएको हो ।

टस हारेर ब्याटिङ्ग पाएका दुधेलाले २० ओभर खेल्दै ९८ रन बनाएका थिए । प्रतिउत्तरमा ९९ रनको लक्ष्यसहित ब्याटिङ्गमा उत्रिएका विजेता टिमले १७.५ बल खेल्दै ६ विकेटको क्षतिमा जित हासिल गर्न सफल भए । फाईनल खेलको म्यान अफ द म्याच (उत्कृष्ट खेलाडी) विजेता टिमका लोकेशराज घोषित भए । उनले अभिजित रहँदै ३२ रन लिए भने १ विकेट लिएका थिए । खेलको उत्कृष्ट खेलाडी चाईना रेल्वेका राजु भएका थिए । उनले ३ खेलमा खेलकै सर्बाधिक १ सय ७५ रन लिएका थिए ।

रुपनी गाउँपालिका वडा नम्बर ६ को सहयोग तथा हाम्रो कृषि सहकारी संस्था विरेन्द्र बजारद्वारा आयोजित प्रतियोगितामा एक समारोहका बीच खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको छ । हाम्रो कृषि सहकारी संस्था विरेन्द्र बजारको अध्यक्ष रामशरण मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले विजेता टिमका खेलाडीहरुलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरे ।

यसैगरी उपविजेता टिमलाई विशिस्ट अतिथि रुपनी गाउँपालिकाकी उपाध्यक्ष वेचनी देवि सरदार र वडा नम्बर ६ का वडा अध्यक्ष बद्री नारायण चौधरीले संयुक्त रुपमा नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरे । साभार ः सत्यापन