• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

राज्यको बिभेदकारी नीतिका कारण थारु समुदायको चाडपर्व ओझेलमा ः मन्त्री साह

राज्यको बिभेदकारी नीतिका कारण थारु समुदायको चाडपर्व ओझेलमा ः मन्त्री साह

शम्भु चौधरी
अ.कृष्णासवन, ०३ मंसिर ।
प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले राज्यको विभेदकारी नीतिका कारण थारु समुदायको सांस्कृतिक चाडपर्व ओझेलमा परेको बताएका छन् । सप्तरीको अग्निसाईर कृष्णासवन गाउँपालिका १ स्थित घोंघिदहमा शुक्रबार आयोजित सामाचकेवा महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री साहले राज्यको बिभेदकारी नीतिका कारण थारु समुदायको साँस्कृतिक पर्व ओझेलमा परेको बताए । अधिकार सुनिश्चितका लडाईमा थारु समुदायले गरेको योगदान अबिस्मरनीय छ, मन्त्री साहले भने, थारु समुदायले देशको लागि गरेको त्याग र वलिदानीलाई राज्यले अबमुल्यण गरे । मन्त्री साहले प्रदेश सरकार आन्दोलनका वलमा स्थापना भएको भन्दै मन्त्री साहले प्रदेश २ सरकार सबै जाति समुदायको अधिकार सुनिश्चितताको लागि प्रतिबद्ध हुने उल्लेख गरे ।

मन्त्री साहले अधिकार प्राप्तिका लागि थारु मधेसी, आदिवासी जनजाति, दलित मुस्लिम समुदायलगायतका उत्पीडित समुदाय एकजुट हुनुपर्नेमा जोड दिए । संघीयता, गणतन्त्र र समानुपातिक समाबेशी प्रतिनिधित्व संकटमा रहेको बताउँदै उनले बिभिन्न आन्दोलनबाट प्राप्त अधिकार रक्षाको लागि थप संघर्ष आबश्यक रहेको बताए ।

हिन्दूधर्माबलम्बीहरुले मनाउने चाड दशै तिहार मनाउन बिभिन्न प्रोत्साहन गर्ने कार्यक्रमहरुमा राज्यले खर्च गरिएपनि अन्य समुदायले मनाउने पर्वलाई राज्यले महत्व नदिएको उनले आरोप लगाए । राज्यले भेदभाव गरेकाले थारु समुदायलगायतका अन्य पछाडि पारिएको समुदायको चर्डपर्वहरु पछाडि परेको उनको भनाई थियोे ।

स्थानीय उमा चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का सचिव भोला पासवान, थारु कल्याण कारिणी सभाका केन्द्रिय सदस्य सावित्री चौधरी, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, मिलन चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

स्थानीय प्रबिन चौधरीद्वारा संचालित कार्यक्रम स्वागत रामदेव चौधरीले गरे । कार्यक्रममा थारु गित तथा नृत्य समेत प्रस्तुत गरिएको थियो भने सामा चकेवाको बिभिन्न आकृतिको मूर्तिहरु प्रदर्शनमा राखिएको थियो ।