• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

रुपनी गाउँपालिकामा मुहसहर बस्तीमा झाडापखालाको प्रकोप

एकैदिन २५ जना बिरामी अस्पताल भर्ना
रुपनी गाउँपालिकामा मुहसहर बस्तीमा झाडापखालाको प्रकोप

न्यूज टुडे
राजबिराज, १२ कार्तिक ।
सप्तरीको रुपनी गाउँपालिका १ रायपुरस्थित मुसहर बस्तीमा शुक्रबार झाडापखालाको प्रकोप फैलिएको छ । बस्तीमा झाडापाखाला फैलिदा एकै दिन २५ जना बिरामी अस्पताल भर्ना भएको हो ।

बिरामीहरुमा झाडापखाला र बान्ता हुने गरेको रुपनी गाउँपालिकाले जनाएको छ । झाडापखालाबाट सिकिस्त बिरामीहरुको राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भई रहेको रुपनी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । मुसहर बस्तीमा झाडापखाला र बान्ता हुने बिरामी बढ्दै गएपछि उनीहरुको रुपनीस्थित कोभिड अस्पतालमा राखेर उपचार गरिरहेको रुपनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नारायण यादवले बताए ।

गम्भीर बिरामीहरुलाई गाउँपालिकाले एम्बुलेन्स सेवाको ब्यबस्था गरि थप उपचारका लागि राजबिराज पठाएको उनले जानकारी दिए । बिरामीहरुको अबस्थामा सामान्य रहेको तथा रोग फैलिएको स्थानमा स्वास्थ्यकर्मीको टोली खटाएर औषधि बितरण गरिएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए ।