• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजबिराजमा कृषि मन्त्रालयद्वारा कार्ययोजना तयारी कार्याशाला गोष्ठी आयोजना

राजबिराजमा कृषि मन्त्रालयद्वारा कार्ययोजना तयारी कार्याशाला गोष्ठी आयोजना

न्यूज टुडे
राजबिराज, ११ कार्तिक ।
कृषि तथा पशुपंक्षि बिकास मन्त्रालयद्वारा सप्तरीको राजबिराजमा बिहीबार एक दिवसीय कार्ययोजना तयारी कार्यशाला आयोजना गरेको छ । नेपाल कृषि अनुसान्धन परिषद्का निर्देशक केशव प्रसाद श्रेष्ठको अध्यक्षता तथा पशु अस्पताल राजबिराजका प्रमुख डा. प्रभात झाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजाना गरिएको हो ।

कोशी जलाधार क्षेत्रमा रहेका सीमान्तकृत कृषकहरुलाई जलबायु परिबर्तनको असरहरु न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा आदिवासी जनजाति, दलित, महिला, कृषि पेशामा आधारित बिभिन्न संस्था तथा समुहका प्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।

कार्यक्रममा जलबायु परिवर्तनले कृषिक्षेत्रमा पारेको असर, आदिवासी जनजाति, महिला र दलित समुदायमाथि पार्ने प्रभाव र समाधानका उपायहरूबारे छुट्टाछुट्टै समूह बनाएर सुझाव संकलन गरिएको थियोे । संकलित सुझाव आदिवासी जनजाति महासंघ सप्तरीको तर्फबाट उपाध्यक्ष शिव नारायण चौधरी थारु, दलित समुदायबाट महेन्द्र सदा, लैंगिक समता समुहबाट रेणु कुमारी मेहता र मूल्य शृंखला समुहबाट जितेन्द्र राउतले प्रस्तुत गरे ।

कार्यक्रमको सहजीकरण कृषि अर्थ विज्ञ दया बज्राचार्य, खाध तथा कृषि संगठन एफएओका परियोजना प्रमुख डा. कृष्णा प्रसाद पन्त, सिताराम कडेलले गरेका थिए । आठ बर्ष अवधि रहेको परियोजना सप्तरी, सुनसरी, उदयपुर सिन्धुली रामेछाप र दोलाखा गरि ८ जिल्लामा संचालन गरिने कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका कृषि अर्थ विज्ञ बिकास पौडेलले जानकारी दिए ।