• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

साहायक प्रधानाध्यापक यादवमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग

न्यूज टुडे
राजबिराज, १० कार्तिक ।
नेपाल शिक्षक महासंघ सप्तरीले जनता माध्यमिक विद्यालय खुरहुरीयाका सहायक प्रधानाध्यापक महेश कुमार यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाहीको माग गरेको छ । महासंघ सप्तरीका अध्यक्ष दिनेश प्रसाद यादव र सचिव लखिन्द्र प्रसाद यादवले बुधबार एक संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै आक्रमणमा संलग्न ब्यक्तिहरुलाई कारबाहीको माग गरेका हुन् ।

महासंघले साहयक प्रधानाध्यापक यादवमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विद्यालय आउने क्रममा साहायक प्रधानाध्यापकमाथि लाठी प्रहार गरि कुटपिट गरि घाईते बनाई अभद्र ब्यबहार गरेको घटनाप्रति नेपाल शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण भएको छ, बिज्ञप्तिमा भनिएको छ, उक्त निन्दनीय घटनाप्रति नेपाल शिक्षक महासंघ घोर भत्र्सना गर्दछ ।

घटनामा संलग्नहरुलाई अबिलम्ब पक्राउ गरि कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्दछौं, महासंघद्वारा प्रेस बिज्ञप्तिमा भनिएको छ । गत कार्तिक ८ गते सहायक प्रधानाध्यापक यादवलाई सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ स्थित विद्यालय आउनेक्रममा स्थानीय गौतम कुमार यादव, रमानन्द यादव भन्ने पप्पु यादव र सुनिल कुमार यादवलगायतका समुह कुटपिट गरि घाईते बनाउनुका साथै दुव्र्यवहार गरेका थिए ।