• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

मिथिला कप क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा सप्तरी बिजयी

मिथिला कप क्रिकेट प्रतियोगिताको चौथो दिनको खेलमा सप्तरी बिजयी

न्यूज टुडे
राजबिराज, १० कार्तिक ।
यूवा शक्ति क्लब बिष्णुपुरद्वारा संचालित तेस्रो मिथिलाकप क्रिकेट प्रतियोगिताको बुधबार भएको पहिलो चरणको खेलमा बजाज यूथ क्रिकेट एकेडेमी सप्तरी बिजयी भएका छन् । महेन्द्र बिन्देश्वारी बहुमुखी क्याम्पस राजबिराजको खेल मैदानमा आयोजित प्रतियोगितामा नरेश सिंह कृकेट एकेडेमी महोत्तरीलाई पराजित गर्दै सप्तरी बिजयी भएका हुन् ।

टस जितेर ब्याटिङ रोजेका सप्तरीले सम्पुर्ण ओभर खेल्दै ४ बिकेटको क्षतिमा १ सय ५५ रन बनाए । जसमा आशिष झाले ६४ देव खनाले ३८ र राहुल मण्डलले १७ रनको योगदान गरे । महोत्तरीका लागि विवेक कोईराला २ हरेकृष्णा झा र राहुल प्रताप सिंहले १–१ बिकेट लिन सफल भए । १ सय ५६ रनको लक्ष्यका साथ मैदानमा उत्रिएका महोत्तरी टिमले १९ ओभर ३ बलमा सम्पूर्ण बिकेटको क्षतिमा १ सय रन मात्र बनाए ।

महोत्तरीका लागि हरेकृष्णा झाले २४ सुनिल कापर २४ राजकुमार सहनी २० रन प्राप्त गरे । सप्तरीका बिबेक यादवले ५ अनिल खरेल २ किशोर महतो, बसिर मोहम्मद, मिकु मण्डलले १–१ रन लिएका थिए ।