• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कल्याणपुरमा बसको ठक्करबाट एक ४५ बर्षीया महिलाको मृत्यु

कल्याणपुरमा बसको ठक्करबाट एक ४५ बर्षीया महिलाको मृत्यु

न्यूज टुडे
राजबिराज, १० कार्तिक ।
पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ स्थित कल्याणपुरमा बुधबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय रामचलितर भगतको पत्नी बर्ष ४५ कि ठण्डेश्वरी भगतको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले ठक्कर दिंदा भगत गम्भिर घाइते भएकी थिईन् । बसको ठक्करबाट घाईते भगतलाई तत्कालै स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरि उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भगतलाई उपचारका लागि रायपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएपनि चिकित्सकले चेकजाँच गर्दा मृत्यु भईसकेको भनी घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतक भगतको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराज पठाएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

ठक्कर दिने बस र चालक मोरङ्ग धनपालथान गाउँपालिका ३ का ३२ बर्षीय बिनोद राजबंशीलाई नियन्त्रणमा लिई थप अनुसान्धन भईरहेको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।