Top_Header_Right_Add

हनुमाननगर कंकालिनी नगरपालिकामा सेनिटरी प्याड खरिदमा चलखेल

छ लाख भन्दा बढी बेरुजु
हनुमाननगर कंकालिनी नगरपालिकामा सेनिटरी प्याड खरिदमा चलखेल

न्यूज टुडे
राजबिराज, ०९ कार्तिक ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लाखौं रुपैयाको सेनिटरी प्याड खरिदमा चलखेल भएका छन् । जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा ठूलो परिमाणमा प्याड खरिद गरिएको विवरण पेश गरि आंशिक रुपमा बितरण गरि लाखौं रुपैया सकिएको हो ।

महालेखा परीक्षकको प्रतिवेदन २०७८ अनुसार ठूलो परिमाणमा प्याड खरिद भएपनि आंसिक रुपमा मात्र बितरण गरिएको उल्लेख छ । नगरपालिकाले २३ हजार प्याकेट प्याड खरिद गरिएको देखाएपनि ९ हजार ६ सय २४ प्याकेट मात्र बितरण गरिएका छन् ।

नगरपालिकाले खरिद गरेका सेनिटरी प्याड कार्यक्रमको आशयअनुरुप आर्थिक बर्षको अन्त्यसम्म बितरण गरिसक्नु पर्दछ । तर पालिकाले नियमबिपरीत हुने गरि प्याड बितरण गरको छैन । हनुमाननगर कंकालिनी नगरपालिकाले २३ हजार प्याकेट प्याड सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खरिद गरिएको देखईएता पनि विद्यालयका प्रधानाध्यापकलाई ९ हजार ६ सय प्याकेट बितरण गरि ११ हजार ३ सय ७६ बितरण गर्न बाँकी रहेको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार खरिद गरिएको भनिएका प्याड बितरण वा सार्वजनिक नहुँदा सेनिटरी प्याड खरिदमा ठूलै चलखेल भएको हुन सक्ने आशंका गरिएको छ । प्याड खरिद भएपनि मौज्दात राख्दा सो को गुणस्तरमा ह्रास आउने तथा प्रयोग गर्ने अवधि समेत सकिएर नष्ट हुने सम्भावना छ ।

प्याड खरिदका लागि ठेक्का पाएका कम्पनी वा ठेकेदारलाई कारबाही गरि ६ लाख ७६ हजार ८ सय ८ रुपैया रकम असुल गर्नुपर्ने महालेखा परीक्षकको प्रतिबेदन २०७८ मा उल्लेख छ । जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा अनियमिता भएको ठहर गर्दै सो रकम नगरपालिकाको नाममा बेरुजु राखेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद यादवले प्याड खरिदमा अनियमितता नभएको प्रतिक्रिया दिए । सेनिटरी प्याड विद्यालयलाई बितरण नगरी स्टोरमा राखेको उनले स्वीकार गरे ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer