Top_Header_Right_Add

राजबिराज नगरपालिकाको कर्मचारी तलवमा मनपर्दी, स्वीकृत बजेटभन्दा दोब्बर खर्च

राजबिराज नगरपालिकाको कर्मचारी तलवमा मनपर्दी, स्वीकृत बजेटभन्दा दोब्बर खर्च

न्यूज टुडे
राजबिराज, ०८ कार्तिक ।
सप्तरीको राजबिराज नगरपालिकाले कर्मचारीको तलवभत्तामा मनपर्दी खर्च गरेका छन् । नगरपालिकाको स्वीकृत बजेट भन्दा दोब्बर बढी तलवभत्ता कर्मचारीलाई बाँडिएको खुलासा भएको हो ।

महालेखा परीक्षक प्रतिबेदन २०७८ अनुसार कार्यपालिकाले १४ करोड ६०लाख ९ सय बिनियोजन गरेकोमा २१ करोड २७ हजार ८ सय ५९ रुपैया खर्च गरेको छ । नगरपालिकाको स्वीकृत बजेट भन्दा ६ करोड ४० लाख १८ हजार ८ सय ७९ रुपैया बढी खर्च गरेको प्रतिबेदनमा उल्लेख छ । जसमध्ये स्वास्थ्यकर्मीको तलवभत्तामा २ करोड ३७ लाख ७९ हजार बिनियोजन गरेकोमा ८८ लाख ८३ हजार ३ सय ८१ बढी खर्च गरि ३ करोड २२ लाख ६२ हजार ३ सय ७१ रुपैया पु¥याएका छन् ।

यसैगरी आधारभूत तहका शिक्षकको तलव ८ करोड ३५ लाख ३० हजार स्वीकृत गरेकामा ४ करोड ८१ लाख ८ हजार ७ सय ७८ बढी खर्च गरि १३ करोड १६ लाख ३८ हजार ७ सय ७८ रुपैया खर्च गरेको छ । यस्तै नगरपालिका तर्फका कर्मचारीको तलव ३ करोड ९१ लाख बिनियोजन भएकोमा ७० लाख २६ हजार ७ सय ३० रुपैयाँ बढी खर्च गरि ४ करोड ६१ लाख २६ हजार ७ सय ३० पु¥याएका छन् ।

स्थानीय सरकार संचालन ऐना २०७४ को दफा ७१ मा कार्यपालिकाबाट स्वीकृत गराई असार १० भित्र सभामा पेश गर्नुपर्ने तथा आगामी आर्थिक बर्षको योजना तथा कार्यक्रम र आय ब्ययको अनुमानित बिबरण खुलाउनुपर्ने उल्लेख छ । तर राजबिराज नगरपालिकाले स्वास्थ्यकर्मी, आधारभूत शिक्षक र नगरपालिकाका कर्मचारीको तलवभत्तामा बिनियोजन गरेको भन्दा ६ करोड ४० लाख १८ हजार ८ सय ७९ रुपैयाँ अनियमित रुपले बढी खर्च गरेको प्रतिबेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार नगरलालिकले निर्धारित बजेटको सीमा नाघी खर्च गर्ने परम्परा रहेको प्रष्ट भएको छ ।

बिनियोजन भन्दा बढी तलवभत्तामा खर्चिएकोले सो रकम नगरपालिकाको नाममा बेरुजु रहेको छ । राजबिराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले समायोजनको क्रममा दरबन्दी भन्दा बढी कर्मचारी हाजिर भएकाले तलव खर्च बढेको प्रतिक्रिया दिए । संघबाट समायोजन भई आएका कर्मचारीलाई हाजिरी गराउनु पर्ने र तलवभत्ता उपलब्ध गराउँदा बेरुजु भएको उनले स्वीकार गरे ।

राजबिराज नगरपालिका सप्तरीका १८ स्थानीय तह मध्येकै सबभन्दा बढी बेरुजु राख्ने पालिकाको रुपमा छन् । महालेख परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिबेदनमा राजबिराज नगरपालिकाले १८ स्थानीय तह मध्येकै धेरै २२ करोड १८ लाख २४ हजार रुपैया बेरुजु राखेको छ । प्रतिवेदन अनुसार राजबिराज नगरपालिकामा १ अर्व ५८ करोड ४ लाख ३८ हजार मध्ये २२ करोड १८ लाख २४ हजार अर्थात १४ दशमलव ४ प्रतिशत बेरुजु ठहर गरिएको छ ।

जनप्रतिनिधिहरुले आफ्ना आसेपासेहरुलाई बिभिन्न प्रयोजनमा अनियमित रुपले पेश्कीबापत रकम बाँडेर असुल गर्नु नसक्नु बेरुजुको प्रमुख कारण रहेको नगरपालिकाकै कर्मचारीहरु बताउँछन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer