• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राजबिराजमा जनमत पार्टीद्वारा सिट्टी जुलुस प्रदर्शन

राजबिराजमा जनमत पार्टीद्वारा सिट्टी जुलुस प्रदर्शन

रामनाथ यादव
राजबिराज, ०८ कार्तिक ।
जनमत पार्टी सप्तरीद्वारा सदरमुकाम राजबिराजमा सोमबार सिट्टी जुलुस प्रदर्शन गरेका छन् । पूर्व पूर्वघोषित देशब्यापी कार्यक्रम अन्तर्गत जनमत पार्टीका नेताकार्यकर्ताले सिट्टी जुलुस प्रदर्शन गरेका हुन् ।

राजबिराजस्थित रहेको पार्टी कार्यालयबाट निकालिएको ¥याली बिभिन्न नाराबाजी गर्दै नगर परिक्रमा गरि शिव मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेताहरूले जनकपुरमा पक्राउ परेका नेताकार्यकर्तालाई निसर्त रिहाई गर्न माग गरे ।

बक्ताहरुले भ्रष्टाचार विरुद्ध आवाज उठाउने पक्राउ परेका नेताहरु निसर्त रिहाई नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । गत बिहीबार जनमत पार्टीका नेताकार्यकर्ताले संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजनाका प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएका थिए ।

खानेपनी प्रमुखमाथि दुव्र्यवहार गर्ने जनमत पार्टीका १७ जना नेताकार्यकर्ता बिरुद्व प्रहरीले मुद्दा चलाएका छन् । भ्रष्टाचार विरुद्ध आवाज उठाउने आफ्ना नेताकार्यकर्तामाथि प्रहरीले मुद्दा चलाएकोले रिहाईको माग राखी पार्टीका केन्द्रिय कार्यकारिणी समितिले घोषणा गरेको कार्यक्रम अन्तर्गत सिट्टी जुलुस प्रदर्शन गरेको जनमत पार्टी सप्तरीका सचिव थानेश्वर प्रसाद साहले जानकारी दिए ।

जिल्लाका बिभिन्न स्थानबाट सयौंको संख्यामा जम्मा भएका नेताकार्यकर्ताले भ्रष्टाचारी राजिनामा दे, जनता राज जिन्दावाद, हाम्रो माग पूरा गर, सहितका नारा लगाउँदै सिट्टी जुलुस प्रदर्शन गरेका थियो । पार्टीको पूर्व घोषित कार्यक्रम अन्तर्गत मंगलबार स्थानीय तहहरुमा माईकिङ्गसहित मोटरसाइकल ¥याली निकाल्ने सचिव साहले जानकारी गराए ।

यसैगरी जनमत पार्टीका नेताकार्यकर्ताले सप्तरीको रुपनीमा समेत बिरोध प्रदर्शन गरेका छन् । पक्राउ परेका नेताकार्यकर्तालाई रिहाईको माग गर्दै सिट्टी जुलुस प्रदर्शन गरेको जनमत पार्टी रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष देव नारायण साहले जानकारी दिए ।