Top_Header_Right_Add

राष्ट्रिय सभा सदस्य प्याकुरेलद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

राष्ट्रिय सभा सदस्य प्याकुरेलद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

न्यूज टुडे
राजबिराज, ०८ कार्तिक ।
सप्तरीको रुपनगरमा सोमबार नेकपा एमालेका नेता एवम् राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । दशै, तिहार, छैठ, समाचकेवा पर्वको अवसरमा प्याकुरेलको निजी सचिवालयद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सभा सदस्य प्याकुरेलले चाडबाडले राष्ट्रिय एकतामा टेवा पुग्ने बताए । चाडबाडको समयमा सबैसँग रमाइलो साटासाट गर्ने उद्देश्यले शुभकामना आदानप्रदान कार्यक्रम राखेको बताउँदै उनले कार्यक्रममा सहभागीता जनाईदिएकोमा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा एमाले नेता राजकुमार लेखी, साँसद सरिता गिरि, राष्ट्रिय मुश्लिम आयोगका अध्यक्ष मो. समिम अन्सारी, पूर्व साँसद रन्जु ठाकुर, मधेसी आयोगकी सदस्य आभासेतु सिंह, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रालगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

यसैगरी एमाले जिल्ला उपाध्यक्ष मो.अबदुल साकिर, प्रेस चौतारी सप्तरीका अध्यक्ष खगेन्द्र कार्की, अखिल नेपाल शिक्षक संघ सप्तरीका अध्यक्ष चन्द्रदेव चौधरी, यूवा संघ सप्तरीका अध्यक्ष चित्तरंजन यादव, दलित नेता जुगेश्वार पासवान उधोग बाणिज्य संघ कंचनपुरका अध्यक्ष संजय पासवानलगायतकाले समेत शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एमालेका बिभिन्न तहका नेताकार्यकर्ता, जनप्रतिनिधि, पत्रकार, जनबर्गिय संगठनका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer