• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

यूवा संगठन नेपालको प्रथम जिल्ला भेलाबाट अध्यक्षमा राम चयन

यूवा संगठन नेपालको प्रथम जिल्ला भेलाबाट अध्यक्षमा राम चयन

न्यूज टुडे
राजबिराज, ०८ कार्तिक ।
सप्तरीको राजबिराजमा सोमबार बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालको जनबर्गिय संगठन यूवा संगठन नेपालको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । यूवा संगठन नेपाल सप्तरीका अध्यक्ष मोहन कुमार रामको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य बिचारमान थिङ्ग तामाङको प्रमुख आतिथ्यमा एक समारोहका बीच भेला सम्पन्न भएको हो ।

भेलाले मोहन कुमार रामको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा ज्योतिष राई, सचिवमा संजय कुमार साह, सह–सचिवमा संजिब कुमार राम र कोषाध्यक्षमा पंकज कुमार राम चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा सुभास कुमार मण्डल, संतोष कुमार राम, अरुण कुमार राम, सुनिल रजक, राम कुमार साह, दिपेन्द्र साहलगायतका रहेका छन् ।