• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोशीमा हाम फालेका ५८ बर्षीय दाहाल बेपत्ता

कोशीमा हाम फालेका ५८ बर्षीय दाहाल बेपत्ता

राजबिराज ।
सप्तकोशीमा हाम फालेर एक ५८ बर्षीय पुरुष बेपत्ता भएका छन् । सुनसरीको ईटहरी निवासी तिलक प्रसाद दाहाल शनिबार कोशीमा हाम फालेर बेपत्ता भएका हुन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२६प ९२५५ नम्बरको मोटरसाइकल चढेर आएको दाहाल कोशी ब्यारेजका १३ नम्बर ढोकाबाट कोशीमा हाम फालेको प्रहरीले जनाएको छ । कोशीको १३ नम्बर ढोका नजिक मोटरसाइकल, चप्पल र पर्स भेटिएपनि मानिस भने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ब्यारेजको १३ नम्बर ढोका नजिक आएर मोटरसाइकलबाट उत्रिएर उनले परिवारलाई फोन गरेका थिए । कोशीमा हाम फालेको सुचना पाउनसाथ प्रहरी पुग्दा मोटरसाईकल, चप्पल र पर्स फेला परेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

उनको पर्समा भएको परिचयपत्रले पहिचान भएको काफ्लेले जानकारी दिए । कोशीमा हाम फालेका बेपत्ता दाहालको खोजी भईरहेको तथा घटनाबारे अनुसान्धन भइरहेको डिएसपी काफ्लेले जानकारी गराए । साभार ः सत्यापन