Top_Header_Right_Add

खानेपानी प्रमुखमाथि भएको दुव्र्यवहार निन्दनीय ः राज्यमन्त्री कर्ण

खानेपानी प्रमुखमाथि भएको दुव्र्यवहार निन्दनीय ः राज्यमन्त्री कर्ण

न्यूज टुडे
राजबिराज, ०५ कार्तिक ।
प्रदेश नम्बर २ का आर्थिक मामिला तथा संचार राज्यमन्त्री रुबि कर्णले संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहामाथि भएको दुव्र्यवहार घोर निन्दनीय रहेको बताएका छन् । मन्त्री कर्णले शुक्रबार एक प्रेस बिज्ञप्ति जारी गर्दै घटनाबारे निन्दा गरेका हुन् ।

मन्त्री कर्णले एक राजनैतिक दलको झण्डामुनि देशको राष्ट्रसेवक कर्मचारीमाथि भएको दुव्र्यवहारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघीयताको जननी प्रदेश २ मा यस्तो कानुनी राज्यको उपहास र दण्डहिनताको पराकाष्ठा नाघ्ने गरि गरिएको कार्य निन्दनीय छ, मन्त्री कर्णद्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ, कसैले कुनै किसिमको अपराध गरे नेपालको कानुनको अधिनमा रहि न्यायिक र संबैधानिक निकायले कारबाही गर्ने ब्यबस्था हुदाहुदै एक जिम्मेवार संगठनको झण्डामुनी भएको गैरकानुनी कामको सत्य तथ्य छानबिन गरि दोषी उपर कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकाएको ध्यानाकर्षण गराउँछु ।

घटना स्थलमा प्रशासनिक उपस्थितिमा राष्ट्रसेवकमाथि भएको घटनाले सिंगो प्रशासनिक निकायमाथि जनबिश्वास गुम्न सक्ने भएकोले समयमा यस्ता घटनाप्रति सचेत हुन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छु राज्यमन्त्री कर्णद्वरा प्रेस जारी गरेको बिज्ञप्तिमा जनाएको छ ।

बिहीबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना जनकपुरका प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारी हिलो दलेर नगर परिक्रमा गरेका थिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer