• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

न्यूज टुडेका कार्यकारी सम्पादक तामाङसहित तीन जना पत्रकार सम्मानित

न्यूज टुडेका कार्यकारी सम्पादक तामाङसहित तीन जना पत्रकार सम्मानित

न्यूज टुडे
राजबिराज, ०५ कार्तिक ।
सहिद दिलिप स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट न्यूज टुडे दैनिकका कार्यकारी सम्पादक बृजमान तामाङसहित तीन जना पत्रकार सम्मानित भएको छ । सहिद दिलिप प्रतिष्ठान नेपालद्वारा सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा शुक्रबार आयोजित एक समारोहका बीच नगद ११ हजारसहित सम्मान–पत्रद्वारा उनीहरुलाई सम्मान गरिएको हो ।

सहिद दिलिप प्रतिष्ठान नेपालद्वारा आयोजित दिलिप स्मृति स्तम्भ अनावरण तथा पत्रकारिता पुरस्कार बितरण कार्यक्रममा न्यूज टुडे दैनिक एवम् न्यूज टुडे डटकम डटएनपी अनलाईनका कार्यकारी सम्पादक बृजमान तामाङ, राजबिराज दैनिक डटकम डटएनपी अनलाईनका प्रकाशक÷सम्पादक नवीन कुमार गुप्ता, थारुवान डटकम डटएनपीका सम्पादक मदन कुमार चौधरीलाई दिलिप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

सहिद दिलिप प्रतिष्ठानका अध्यक्ष राज कुमार लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा साँसद शान्ता चौधरी, राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल पूर्व मन्त्री हेमराज तातेडले जनही नगद ११ हजारसहित सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गरे । पत्रकार तामाङले लोकतान्त्र, गणतन्त्र ,संघीयता, धर्मनिरपेक्षता, समाबेशिता, समानुपातिक प्रतिनिधित्वको संस्थागत बिकासमा सक्रिय रुपमा कलम चलाउँदै आएका छन् ।

तामाङले आदिबासी जनजाति मधेसी, दलित मुश्लिम, सीमान्तकृत, पिछडिएका बर्गको अधिकारका लागि पत्रकारिताको माध्यमबाट लामो समयदेखि आफ्ना भूमिका निर्वाह गर्दै आएका छन् । पत्रकारिताको माध्यमबाट शोषित पीडित बर्ग, ससुदायको हक अधिकार सुनिश्चितताको लागि पु¥याएको अनवरत योगदानको उच्च सम्मान गर्दै तामाङसहित तीन जना पत्रकारलाई दिलिप स्मृति पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष राज कुमार लेखीले बताए । पुरस्कृत हुने तामाङ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश २ का सचिव तथा प्रेस मंच नेपाल सप्तरीका अध्यक्ष समेत हुन् ।

कार्यक्रममा साँसद शान्ता चौधरी, राष्ट्रिय परिषद् सदस्य सुमन राज प्याकुरेल, पूर्व मन्त्री हेमराज तातेड, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी, अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, लहान नगरपालिकाका उप–प्रमुख सरिया चौधरी, नेकपा एमालेका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र प्रसाद चौधरी, सप्तकोशी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष दिपक कुमार लेखी, पुरस्कृत पत्रकार बृजमान तामाङ, नवीन कुमार गुप्ता, मदन कुमार चौधरीलगायतकाले मन्तब्य व्यक्त गर्दै सहिद दिलिप चौधरीको योगदानको चर्चा गरे ।

मित्र यूवा क्लवका अध्यक्ष कमलकान्त चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत प्रतिष्ठानका सचिव हेम नारायण चौधरीले गरे । यस अघि सहिद दिलिप चौधरी स्मृतिमा निर्मित स्तभको संयुक्त रुपमा प्रतिष्ठानका अध्यक्ष लेखी, साँसद चौधरी, पूर्व मन्त्री तातेड, राष्ट्रिय परिषद् सदस्य प्याकुरेललगायतका अतिथिहरुले गरेका थिए । सहिद दिलिप चौधरीलाई २०४२ सालको बम काण्डको आरोपमा काठमाडौंस्थित ल क्याम्पसबाट पक्राउ परेका थिए । पक्राउ परे लगत्तै उनको हत्य गरेका थिए ।