• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बजेट दुरुपयोग गर्नेलाई पर्दाफास गर्दा मात्र भ्रष्टाचार कम हुन्छ ः अध्यक्ष यादव

बजेट दुरुपयोग गर्नेलाई पर्दाफास गर्दा मात्र भ्रष्टाचार कम हुन्छ ः अध्यक्ष यादव

न्यूज टुडे
राजविराज, ०५ कार्तिक ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादवले केन्द्रबाट स्थानीय तहमा पठाइएको बजेट दायाबायाँ नगरी विकास निमार्ण कार्यमा मात्र लगाए गाउँ चिटिक्क हुने बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँको सिद्धि दात्री भगवती मन्दिरको प्रांगणमा शुक्रबार आयोजना गरिएको भेटघाट तथा शुभकामना अदान–प्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

हामीले खुन, पसिना बगाई कमाएर तिरेको करबाट नै, विकासका लागी रकम आउने गरेको बताउँदै उनल भने– सो विकासीय बजेटका लागि आएको रकम दुरुपयोग हुदाँ जनतालाई अगाडि आउन आवश्यक रहेको छ । जनताले निगरानी राखी, दुरुपयोग गर्नेलाई पर्दाफास गर्दा मात्र भ्रष्टाचार कम हुन्छ, भ्रष्टाचार कम भए मात्र विकास गति लिन सकिने उनको भनाई थियो ।

भोलीका भविष्य रहेका अधिकांस यूवाहरु लागु पदार्थ, विकृति विसंगतितर्फ केन्द्रित हुदै गएकोप्रति अध्यक्ष यादवले चिन्ता समेत व्यक्त गरे । गाउँका हरेक गरिबलाई गणतन्त्र नेपालको अनुभूति गराउन हामीलाई कार्य गर्न आवश्यकता रहेको बताए ।

जसपा नेपालका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष श्रीराम मण्डलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा राष्ट्रियसभा सदस्य मृगेन्द्र प्रसाद यादव, प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, पार्टीका केन्द्रिय सदस्य विशेश्वर रजक, शम्भु झालगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सोही पार्टीका यूवा नेता निरज कुमार झाले (मुक्ती) सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा अध्यक्ष खगेन्द्र कुमार मण्डलले व्यक्त गरे ।