Top_Header_Right_Add

रुपनीमा स्कारपियोको ठक्करबाट २ यूवा गम्भीर घाइते

रुपनीमा स्कारपियोको ठक्करबाट २ यूवा गम्भीर घाइते

न्यूज टुडे
राजबिराज, ०५ कार्तिक ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ खाँडो पुलमा बिहीबार साँझ स्कारपियोको ठक्करबाट दुई यूवक गम्भीर घाईते भएका छन् । दुर्घटनामा रुपनी गाउँपालिका १ का बर्ष ३५ का राजेश पासवान र अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ सितापुरका बर्ष २५ को शंकर साह घाईते भएका हुन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा११च ९०६४ नम्बरको स्कारपियोले सोही दिशातर्फ जाँदै गरेको साईकलमा सवार उनीहरुलाई पछाडिबाट ठक्कर दिएको स्थानीय बताएका छन् । घाईते दुबै जनाको स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरि उपचारका लागि रायपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएको थियो । घाइतेहरुको युनिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि बिराटनगर पठाएको प्रहरीले जनाएको छ ।

घाईते दुबै जनाको अबस्था मध्यम रहेको तथा ठक्कर दिने स्कारपियो र चालक प्रहरी नियन्त्रणमा राखी घटनाबारे अनुशान्धन भईरहेको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer