• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मधेशबादी दलले गजेन्द्र बाबुको अबमुल्यन गरे ः उपाध्यक्ष यादव

मधेशबादी दलले गजेन्द्र बाबुको अबमुल्यन गरे ः उपाध्यक्ष यादव

न्यूज टुडे
राजबिराज, ०४ कार्तिक ।
नेपाल सदभावाना पार्टीका केन्द्रिय उपाध्यक्ष दशरथ यादवले मधेशबादी दलले गजेन्द्रनारायण सिंहको बिचारलाई अबमूल्यन गरेको आरोप लगाएका छन् । सप्तरीको राजबिराजमा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

मधेशीको नाममा राजनीति गर्नेहरुले मधेशका मसिहा गजेन्द्र बाबुको अस्तित्व समाप्त पारे उपाध्यक्ष यादवले भने, गजेन्द्र बाबुले स्थापना गरेको पार्टीलाई तहसनहस गरि गजेन्द्र बाबुको अबमूल्यन गरे । गजेन्द्रनारायण सिंहको बिचार, सिद्धान्त र एजेन्डालाई सद्भावाना पार्टीले आत्मासात गरेकाले चर्चा गर्दै उनले मधेसी जनताको हक अधिकार सुनिश्चितताको लागि पार्टीमा आबद्ध हुन सम्पूर्ण मधेसी समुदायलाई आग्रह गरे ।

उपाध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणालीलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए । हालको निर्वाचन प्रणाली भड्किलो र खर्चिलो भयो, उनले भने, गरिव जनताको समेत पहुँच हुने निर्बाचन प्रणालीको आबश्यक छ । उनले जातीय जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिदै पूर्ण समानुपातिक निर्वाचन प्रणाली पार्टीको प्रमुख एजेन्डा रहेको बताए । यादवले हालको संघीय ब्यबस्था ठिक नभएको उल्लेख गर्दै हालको शासन प्रणालीले भ्रष्टाचार बढाएको दाबी गरे ।

सद्भावाना पार्टीका महासचिव रामपृत यादवले पार्टीको समग्र मधेश एक प्रदेशको एजेन्डा कायमै रहेको बताए । उनले सर्वसाधारण जनताको पहुँच र अधिकार सम्पन्न संघीय राज्य हुनुपर्नेमा जोड दिए । एकात्मक ढाँचाको शासन ब्यबस्थाको अन्त्य गरि जनताको अधिकार सम्पन्न समग्र मधेश एक प्रदेशसहितको संघीय शासन प्रणालीका लागि पार्टी संघर्षरत् रहेको उनले प्रष्ट पारे ।

सद्भावाना निकट राष्ट्रिय महिला मञ्चका केन्द्रिय अध्यक्ष सुनिता अग्रवालले संबिधानमै महिलाहरूको ५० प्रतिशत आरक्षणको ब्यबस्था गरिनुपर्ने बताईन् । राज्यको हरेक क्षेत्रमा महिलाको सहभागीता बढाउनुपर्नेमा उनले जोड दिईन् ।

नेपाल सद्भावना पार्टी सप्तरीका अध्यक्ष गंगा प्रसाद यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला पदाधिकारी तथा स्थानीय नेताकार्यकर्ताहरुको समेत उपस्तिथि रहेको थियो ।