• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

बेल्हीमा महिलाहरुको लागि सञ्चालित तीन दिने व्यवसायिक साक्षरता तालिम सम्पन्न

बेल्हीमा महिलाहरुको लागि सञ्चालित तीन दिने व्यवसायिक साक्षरता तालिम सम्पन्न

न्यूज टुडे
राजविराज, २४ असोज ।
सप्तरीको राजगढ गाउँपालिका वडा नं. ४ स्थित बेल्हीमा सञ्चालित तीन दिने व्यवसायिक साक्षरता तालिम आइतबार सम्पन्न भएको छ ।

दलित सरोकार मञ्चका जिल्ला संयोजक राजकुमार पासवानको अध्यक्षता तथा राजगढ गाउँपालिकाकी उपाध्यक्ष पुष्पमाला कुमारी मण्डलको प्रमुख अतिथिमा एक समारोहका बीच आइतबार तालिम समापन गरिएको हो ।

युरोपियन यूनियनको आर्थिक सहयोग, वेल्टहङ्गरहिल्फेको प्राविधिक सहयोग तथा आसमान नेपालको अगुवाईमा राजगढ गाउँपालिका एवम् दलित सरोकार मञ्च नेपाल सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकामा ‘नागरिक सक्रियता’ परियोजनाबाट तीन दिने व्यवसायिक साक्षरता तालिम सञ्चालन गरिएको थियो ।

सो तालिममा राजगढ गाउँपालिकाका वडा नं. १ का सिर्जनशिल महिला समूह तथा वडा नं. ५ का बाबा बजरंगवली महिला समुहकी महिला÷युवती सदस्यहरुलाई तीन दिने व्यवसायिक साक्षरता तालिम सञ्चालन गरिएको दलित सरोकार मञ्चका सुशासन सहजकर्ता उपेन्द्र कुमार मरिकले बताए ।

सो तालिममा सफल उद्यमीमा हुनुपर्ने गुण र विशेषताको बारेमा प्रस्तुति र उद्यमी क्षमता मूल्यांकन, व्यवसायिक योजनाको खाका, तयारी, लक्षित ग्राहकको पहिचान र बिक्रय कलाको विकास, व्यवसायिक योजनाको महत्व, व्यवसायको अर्थ, प्रकार, महत्व र फाईदा, बिक्री मूल्य निर्धारण र लगत तथा लागतका तत्वहरु बजार र बजारीकरणलगायत बिषयबस्तुहरु समेटिएको दलित सरोकार मञ्च सप्तरीका जिल्ला संयोजक पासवानले जनाएको छ ।

मुसहर र राम समुदायका २२ जना महिला सहभागी तालिममा दिपक साह शंकरले प्रशिक्षण दिएका थिए ।