न्यूज टुडे
राजबिराज, ०७ असोज ।
सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरमा बिहीबार २ जना ब्यबसायीलाई २५ हजार जरिवाना गरेका छन् । स्थानीय अमित ट्रेडर्स एण्ड खरिद बिक्री केन्द्र र शिव किराना ट्रेडर्सका संचालकले म्याद गुज्रिएको तथा अबैध सामान बिक्री बितरण गरेको पाएकाले जरिवाना गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहको नेतृत्व गएको जिल्लास्तरीय संयुक्त बजार अनुगमन टोलिद्वाराले पसलहरुमा चेक जाँच गर्दा ठूलो परिणाममा म्याद गुज्रिएको तथा अबैध सामान बिक्री बितरण गरेको पाईएकाले बरामद् सामान तत्कालै नष्ट गरि पहिलो पटक सामान्य जरिवाना लिएर छाडिएको अनुगमन टोलीले जनाएको छ ।
दशै तिहार लगायतका चाँडबाड लक्षित गरि गरिएको अनुगमनको क्रममा पहिलो दिन कल्याणपुर बजारमा संचालित दुईवटा पसलबाट ठूलो मात्रामा म्याद गुज्रिएको तथा अबैध सामान फेला परेको थियोे । बरामद् सामान तत्कालै नष्ट गरेको खाद्य प्रबिधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय राजबिराजका प्रमुख सुरेश कुमार सिंहले बताए ।
कल्याणपुर बजारस्थित शिव किराना पसलमा चेकजाँच गर्दा म्याद गुज्रिएका बियर ३५ बोतल, अमिता र बिकाजी भुजिया ११ प्याकेट, चिसो पेय पदार्थ ६ बोतल पूर्णिमा मिट मसला १ सय ४४ प्याकेट, बन्जोर अरेन्ज जुसलगायतका सामान फेला परेकाले पसल संचालकबाट तत्कालै २० हजार जरिमाना गरिएको उनले जानकारी दिए ।
यसैगरी अमित ट्रेडर्स एण्ड खरिद बिक्री पसलमा चेकजाँच गर्दा कबिर छाप खैनी, खानेतेल ३५ लिटर, ग्लुकोज, बुलबुल सुपारी, बिरयानी मसला फेला परेकोले उक्त सामानलाई तुरुन्तै नष्ट गरि पसल ब्यबसायीलाई तत्कालै ५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका नासु अजय कुमार मण्डलले जानकारी दिए ।
बजार अनुगमन टोलीले बिना लेवलको २१ जार पनि समेत बरामद् गरेका छन् । मे १ च १९२२ नम्बरको पिकअपमा राखी बजारमा बिक्री बितरण गरिरहेको अबस्थामा फेलापारी स्थानीयबासीहरुको रोहबरमा अनुगमन समितिले तत्कालै नष्ट गरेका थिए । बरामद् पानी र जार खडक नगरपालिका ५ मा संचालित निर्मल जल उधोगको रहेको जनाएको छ । अनुगमन टोलीले रामचन्द्र किराना पसल, जयशंकर ट्रेडर्स, आर.एन जेनरल स्टोर लगायतका पसलहरुमा समेत चेकजाँच गरेका थिए ।
संयुक्त बजार अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी साह, गुण नियन्त्रक सिंह, करदाता सेवा कार्यालय राजबिराजका सुभाष चन्द्र सुमन, घरेलु तथा साना उधोग कार्यालय राजबिराज आकाश चौधरी, सप्तरी उधोग बाणिज्य संघ राजबिराजका गौरी शंकर साह, राष्ट्रिय उपभोक्त मञ्च सप्तरीका अध्यक्ष राज कुमार गुप्ता, बिरेन्द्र कुमार चौधरी, रोशन कुमार यादव, स्थानीय प्रहरी तथा संचारकर्मीहरुको सहभागिता थियो ।