• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
नाका सुचारुमा विलम्ब

सरकारले भारतीय सीमावर्ती नाका सञ्चालनमा ल्याउने पाँच दिन अघि निर्णय ग¥यो । तर उक्त निर्णय पूर्णरुपले अहिलेसम्म कार्यान्वयनमा नाएका कारण सर्वसाधारणले सास्ती भोग्नु परिरहेको छ ।

विहावारी, औषधीपचार, शिक्षा आर्जन तथा आफन्तजनसित भेटघाटका लागि नेपाल तथा भारतका नागरिक वारपार आवागमन गर्ने गर्दछन् । तर मानिसको आवागमन चलेपनि सवारीसाधन रोक्ने गरिएका कारणले सर्वसाधारणले आनावश्यक दुःख पाउनु परिरहेको छ । सरकारले निर्णय गरेपछि त्यसको कार्यान्वयन पनि आवश्यक हुन्छ ।

सप्तरीकै सन्दर्भमा भन्दा पनि सवारी साधनको आवागमन नाकामा रोकिएका कारणले धेरैले समस्या भोग्नु परेको गुनासो गर्दै आएका छन् । अब दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व पनि नजिकिंदै छन् । यसका साथै विहेवारीको सिजन पनि निकट भविष्यमै आउनेवाला छ । भारत तथा नेपालका बीच रोटीवेटीको सम्बन्ध छ । कोरोना संक्रमणका कारणले दुवै देशका नागरिक बीचको भेटघाट तथा सम्पर्कमा बाधा आएको थियो ।

लामो समयको प्रतीक्षापछि बल्ल नेपाल सरकारले सवारीसाधन समेतको आवागमन सुचारु गर्ने निर्णय गरेपछि जनतामा खुशियाली आएको थियो । तर कार्यान्वयमा भईरहेको ढिलाईले गर्दा मानिसले अनावश्यक कष्ट झेल्नु परिरहेको अवस्था छ । सवारी साधनको आवागमन सुचारु भएमा भारतीय सवारी साधनको भन्सार पनि काटिने भएकाले राजस्व संकलनमा पनि यसले योगदान पुग्ने छु । तर सरकारले निर्णय गरेपछि पनि भारततर्फबाट आउने सवारी साधनको प्रवेशमा रोक लगाइँदा यसले राजस्व संकलनमा पनि बाधा उत्पन्न हुनेछ ।

त्यसैले एकातिर जनताले अनावश्यक दुःख पाउने अर्कोतर्फ राजस्वमाथि पनि प्रतिकूलता आउने भएका कारण सरकारबाट भएको निर्णय लागु गराउने विषयमा विलम्ब गरिनुको कुनै तुक रहन्न ।