• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जनताको सेवामा समर्पित छु ः वडा अध्यक्ष अखतर अली

जनताको सेवामा समर्पित छु ः वडा अध्यक्ष अखतर अली

न्यूज टुडे
राजबिराज, ०६ असोज ।
सप्तरीको राजबिराज नगरपालिका ४ का वडा अध्यक्ष अखतर अलीले जनताको भोटबाट जनप्रतिनिधि बनेकोले जनताको सेवामा निरन्तर लागि रहेने बताए । बुधबार न्यूज टुडेसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

राजबिराज नगरपालिका सरसफाईको दृष्टिकोणले निकै पछि परेपनि वडा अध्यक्ष अलीको सक्रियताले वडा नम्बर ४ को क्षेत्र भने सरसफाइमा सधै अगाडि हुन्छ । वडाको एउटै सीमा जोडिएको वडा नम्बर ७ मा फोहोर नउठाउँदा दुर्गन्धले सर्वसाधारणलाई सास्ती खेप्न बाध्य पारेपनि ४ नम्बर वडाका बासिन्दाले यस्ता समस्या भोग्नु परेको छैन । वडामा सरसफाई तथा वडाबासीलाई दुर्गन्धबाट टाढा राख्न अध्यक्ष अली आफै फोहोरमैला ब्यबस्थापनमा लाग्ने गरेको बताउँछन् ।

ऐतिहासिक शहर राजबिराजको अबस्थाप्रति सबैले दुव्र्यवहार गर्छन्, वडा अध्यक्ष अलीले भने, राजबिराज सुन्दर सफा शहर हो भन्ने पहिचान गराउन आफै सरसफाई मजदुरसंगै फोहोरमैला उठाउने गर्छु । अलिले आफ्नो क्षेत्र अन्तर्गत प्रत्येक दिन बिहान ५ बजे देखि १० बजेसम्म सरसफाइ कर्मचारीसँग खट्ने आफ्नो दिनचर्या बनेको बताए । आफू लागेपछि सरसफाई कर्मचारी साथीहरु पनि सँगसँगै फोहोर उठाउँछन्, उनले भने, जनताको नोकर हुँ, सकेसम्म वडा क्षेत्रमा फोहोरमैला हुनुदिन्न ।

अलिले आफ्नो कार्यकाललाई जनताको सेवामा समर्पित गर्दै वडाबासीलाई कुनै समस्या हुन नदिने अठोट राखेको बताए । वडा बासीको पीरमार्कालाई पहिचान गर्दै आफ्नो जिम्मेवारी बहन गर्दै आएको छु अध्यक्ष अलीले भने, जनताको भोटबाट जनप्रतिनिधि भएको छु जनताको सेवामा सधैं समर्पित रहन्छु ।

अहिले नगरपालिकाले १० जना सरसफाई कर्मचारी दिएको जानकारी दिदै अध्यक्ष अलीले नगरपालिकाबाट आबश्यक साधानको पनि ब्याबस्था गरेको बताए । सरसफाईमा वडाबासीहरुले पनि निकै सहयोग पाएको उनले बताए । अलिले वडाबासीलाई सरसफाईमा सहयोगका लागि अनुरोध गरि सरसफाई अभियानमा कुनै त्रुटि आउन नदिएको बताए । सरसफाइमा कतैबाट बाधा अबरोध नभएको बताउँदै उनले त्यस्ता समस्या आए संबादबाट सामाधन गदै आएको जानकारी दिए ।

वडा अध्यक्ष अलीले आफ्नो वडाको सरसफाइबाट अन्य वडाका साथै सिंगो नगरपालिका प्रभावित होस् भन्ने उद्देश्यका साथ आफै सरसफाइको कार्यमा दिनरात, घामपानी नभनी खटेको बताए । राजबिराजको गरीमालाई शिरमा राखेर वडाका हरेक क्रियाकलाप अगाडि बढाएको उनले बताए ।