• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मधेशी जनताको हक अधिकार सुनिश्चित जनमत पार्टीले मात्र गर्न सक्छ ः डा.राउत

मधेशी जनताको हक अधिकार सुनिश्चित जनमत पार्टीले मात्र गर्न सक्छ ः डा.राउत

न्यूज टुडे
राजविराज, ०४ असोज ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेशी जनताको हक अधिकार सुनिश्चित जनमत पार्टीले मात्र गर्न सक्ने बताएका छन् । जनमत पार्टी जिल्ला समवन्य समितिको राजबिराजमा सोमबार आयोजित पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

जनमत पार्टी मधेशी जनतालाई पहाडी शासकबाट मुक्ति दिन जन्म भएको पार्टी हो, डा. राउतले भने, मधेशी जनताको हक अधिकार सुनिश्चित गर्न पार्टीले लडाई जारी राखेको छ उनले जनमत पार्टीले मात्र मधेश र मधेसीको अधिकार स्थापित गर्न सक्छ । डा. राउतले निर्वाचनलाई लक्षित गरि सांगठनिक अभियानलाई तिब्रता दिन नेताकार्यकर्तालाई निर्देशन दिएका छन् ।

आगामी निर्वाचनमा हाम्रा उम्मेदवारहरुले कसरी बिजयी हुन्छ त्यसका लागि गृह कार्यमा लाग्नुस्, डा. राउतले भने, स्थानीय जेष्ठ नागारिक, अनुभवी समाजका अगुवा र बुद्धिजिवीहरुसँग सद्भावपूर्ण समन्वय गरेर सांगठनिक कार्यमा लाग्नुस् । डा. राउतले निर्वाचनमा कसरी बढी भोट ल्याउने र जित हाँसिल गर्ने आजैदेखि कोसिस गर्न आग्रह गरे । जनतालाई तपाईंप्रति भरोसा र बिश्वास हुनुपर्छ त्यसका लागि जनताको समस्यालाई हामीले समाधान दिन सक्छौं भनी बिश्वास दिलाउनुस्, राउतले भने, त्यसका लागि सबैसँग सहानुभूति, सहकार्य र सद्भाव आबश्यक हुन्छ ।

जनमत पार्टी सप्तरीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले, कांग्रेस, माओबादी केन्द्र लगायतका बिभिन्न पार्टी परित्याग गरि सयौं नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका थिए । नव प्रवेशी नेताकार्यकर्तालाई गम्छा तथा माला लगाएर डा. राउतले पार्टी प्रबेश गराएका थिए ।

उक्त बैठकमा मधेश आन्दोलनका क्रममा घाइते भुवनेश्वर मण्डल बेलचनलाई सम्मान गरिएको थियो । दोस्रो मधेश आन्दोलनको क्रममा रुपनी चौकमा प्रहरीको गोली लागि मण्डल गम्भीर घाईते भएका थिए ।